शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पानीजहाजमा राखिएको विद्युतीय धरापमा परी १८ जनाको मृत्यु

मङ्गलबार, २९ फागुन २०७४, १३ : ५९
मङ्गलबार, २९ फागुन २०७४

एजेन्सी– इराकको किर्कुक प्रान्तमा पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी १८ जना अर्धसैन्य बलका अधिकारीको मृत्यु भएको समाचार छ ।  उक्त धराप इस्लामिक स्टेट (आईएस)  ले थापेको जनाइएको छ । धरापमा परी मृत्यु हुनेहरू सबै जना हासद शाबीका अर्थसैन्य बलका लडाकू रहेका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । 

आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका बेला सोमबार राति सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ ।  हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको बाहिनीका १८ जना अर्धसैनिकको मृत्यु भएको पुष्टि गरेका छन् । 

धरापमा परी उक्त बलका आठवटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फ भएको कुनै क्षतिका बारेमा भने कुनै पनि जानकारी नआएको अधिकारीहरूले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप