शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा एक्लो छोराको पर्खाइमा बसेका बाबुआमाले जब मृत्युको खबर सुने...

मङ्गलबार, २९ फागुन २०७४, १३ : ५८
मङ्गलबार, २९ फागुन २०७४

 काठमाडौं–
स्थान–त्रिवि शिक्षण अस्पतालको फरेन्सी विभाग
मिति– २०७४ फागुन २९

अस्पतालको फरेन्सी विभागमा शब बुझ्न आफन्तहरुको निकै भिडभाड छ ।

शोकमा परेका आफन्तलाई सान्त्वना दिन आउने आफन्तहरुको ओहोरदोहोर जारी छ ।

शब बुझ्नको लागि जाहेरी दिने काम पनि चलिरहेको छ  । 

 

आफन्तहरुको अनुरोधमा मृतक शरीर (शब) हेर्नका लागि एक–एक जना गरी पठाईदैछ शब गृहमा । त्यहाँ पुग्नेहरु सबै वियोगले बिछिप्त देखिन्छन् ।

यहि भिडमा मधेशी समुदायका एक बृद्धा दम्पति पनि छाती ठोक्दै रुदैथिए । केहीबेरपछि यी बृद्ध दम्पती आफ्नो शरीर थेग्न नसकेर भूइँमै ढले ...। 

सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएका ४९ जनामध्ये सर्लाहीका अवधेश कुमार यादव पनि एक हुन् । यो भीडमा वियोगमा विछिप्त हुँदै ढल्ने उनकै बा–आमा हुन् । जसले आफ्नो एक मात्रा छोरा गुमाए । यादव रुँदै भन्छन् –‘३,४ दिन पहिला फोनमा मलाई लिन रबिबार (आइतबार) आउनु भनेको थियो । ’

बृद्ध दम्पत्ति     सोमबार छोरा आउने आशमा बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन पुगेका थिए । छोराको पखाईमा बसेका उनीहरु विमानस्थलमै बस्दाबस्दै विमान दुर्घटनाको आवाज कानमा परेको थियो । तर, छोरा कतारबाट आउने भएकाले अवधेश यो दुर्घटनामा पर्छ भन्ने अड्कल गरेनन् । अबधेशका बु्बा रामनारायण भन्छन्, ‘बिहानको ५ बजेनै लिन आउनु भनेको थियो । हामी बिहान ५ बजेनै विमानस्थल पुग्यौ, नयाँ ठाँउ ,नयाँ मान्छे । धेरै कुराकाबारेमा खासै जानकारी थिएन, छोराले विमानबाट झरेपछि फोन गर्छ भन्ने आशमा थियौ, छोरा कतारबाट आउने भएकाले ढाँकाको विमानमा पर्यो होला भने शंका समेत गरेनौ ।’

त्यसो त रामनारायणलाई छोरो दुर्घटनामा परेको आफन्त (कतारबाट ज्वाई)ले फोन गरेपछि मात्रै थाहा भयो ।  ‘कतारबाट मेरो ज्वाँई अर्थात अवधेशको भिनाजुले फोन गरेपछि मात्रै हामीलाई दुर्घटनामा परेको थाहा भयो ।’ ज्वाँईले राम नारायणलाई कतारबाट ढाका हुदै नेपाल जाने टिकेट भएको जानकारी दिएपछि साझँ ५ बजेतिर मात्रै उनीहरुले आफ्नो छोराको पनि मृत्यु जानकारी पाए । 

अवधेश रोजगारीमा गएका थिए कतार
अवधेश ४ महिना पहिला वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका थिए । 

तर, यादव परिवारका एकमात्र छोरा अवधेश कतारमा भनेजस्तो काम नपाएपछि नेपाल फर्केका थिए । उमेरले २० वर्ष पुगेको अवधेशको यात्रा कतारबाट ढाकामा ट्रान्जिटमा परेको थियो । ढाकाको झण्डै ४ घण्टाको पखाईपछि उनी यूएस बङ्ला विमानमा नेपालका लागि चढेका थिए । तर दुर्भाग्य,४ महिने छोरी ,श्रीमाती र बाबा आमालाई भेट्ने अवधेशको रहर नेपाली भूमिमा पाईला नटेक्दै समाप्त भयो । 

न्यून आर्थिक अवस्था भएका यादव परिवारको लागि अवधेश बलियो खम्बा थिए । दुई छोरी पछि बल्ल परिवारको कान्छो सदस्यको रुपमा अवधेशको जन्म भएको थियो ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप