शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एमबिएल स्मार्ट बचत खाता

मङ्गलबार, २९ फागुन २०७४, १३ : ४२
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं– माछापुच्छ्रे बैंकले आकर्षक सुविधासहितको एमबिएल स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । सो बैंकले स्मार्ट बचतको साथमा स्मार्ट सुविधासहितको बचत खाता सञ्चालनमा ल्याएको हो ।  बैंकले उक्त खाता सञ्चानमा ल्याएसँगै ग्राहकहरुले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्न सक्ने जनाइएको छ ।

ग्राहकले उक्त खातामा न्युनतम ५ हजार बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सक्ने समेत बैंकले जनाएको छ । बैंकका अनुसार स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले इन्टरनेट बैंकिङ सुविधा, एमबिएल मोबाइल मनि, डेबटि कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि आश्वा सुविधा, अन्तरशाखा सुविधा र लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने लगायतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।   ग्राहकहरुले बैंकनै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देष्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

उक्त बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा ८० स्थानबाट बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको जनाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप