शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भोट हाल्न लाइनमा माननीयज्यूहरु (फोटोफिचर)

मङ्गलबार, २९ फागुन २०७४, १३ : ३०
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गरिसकेका छन् भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन् । 

५० प्रतिशत भन्दा बढीले मतदान भएको आयोगले जनाएको छ । 

पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका थिए । 

संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ । 

मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका थिए । मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ । 

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन् । 

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप