शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा दिउँसै चोरी हुन थालेपछि स्थानीय त्रसित

मङ्गलबार, २९ फागुन २०७४, १२ : ३६
मङ्गलबार, २९ फागुन २०७४

हेमराज ढकाल, भक्तपुर– भक्तपुरमा दिउँसै चोरी हुन थालेपछि स्थानीयहरु त्रसित हुन थालेका छन् । 
–माघ १० गते स्थानीय राजु खड्काको घरबाट नगद ४० हजार र तीन तोला आधा सुन चोरी भयो ।
– फागुन ३ गते भक्तबहादुर स्याङतनको घरबाट चार तोला सुन चोरी भयो ।
–फागुन २८ गते सोही स्थानका कृष्ण तामाङ्गको घरबाट नगद ५० हजार र पाँच तोला सुन चारी भयो । 
केही समयतादेखि चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा चोरीका घटनामा वृद्धि भएको स्थानीयको गुनासो छ । घरमा मानिस नभएको समयमा ताल्चा काटेर, झयालबाट छिरेर, ग्रीलसमेत निकोर चारी हुने गरेको सुडाल जितपुरका स्थानीय राजेश खड्काले बताए । 
परिवारका सदस्यहरु काममा गएपछि घरमा कोही नभएको मौका पारेर चोरी हुने गरेको महानगरिय परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाइले बताए ।
उनले प्रहरीले सुरक्षागस्ती बढाएको र शंकास्पद मानिसहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता प्रसाइले बताए । 
भक्तपुरमा मोवाइल, पसल, काठ, मोटरसाइकल, ग्यास सिलिण्डर जस्ता चोरीका क्रियाकलाप हुने गरेको छ । 
गत साउन यता मात्र भक्तपुरमा ४३ मुद्धा दर्ता भएका छन् । पुरुष ६६ जना र एक जना महिला चोरी कार्यका संग्लन भएको आरोपमा पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप