शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिल्यो एनआईसी एशिया बैंक र नेपाल बैंकर्स एशोसिएसनबीचको विवाद

मङ्गलबार, २९ फागुन २०७४, १२ : १५
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं– ब्याजदरका बिषयमा एनआईसी एशिया बैंक र नेपाल बैंकर्स एशोसिएसनबीचको विवाद मिलेको छ । विवाद राष्ट्र बैंकको मध्यस्थतामा मिलेको हो ।

दुवैपक्षबीच सोमबार भएको छलफलमा एनआईसी एशिया बैंकले अरु बैंककोजस्तै ब्याजदर कायम गर्ने सहमति गरेपछि दुवै पक्षवीचको विवाद मिलेको हो ।

अब एनआईसी एशिया बैंकले अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिने छ ।

यो सहमतिअनुसार बैंकले सूचना जारी गर्ने र शुक्रबारबाट सहमति लागू गरिने एनआईसी एशिया बैंकले जनाएको छ । एनआईसी एशियाले मुद्दती निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरुले अन्तर बैंक कारोबार रोक्ने भन्दै कारवाहीमा उत्रिएका थिए ।
 

यसैवीच बैकले मंगलबार एक विज्ञप्ति जारी गदै भनेको छ – 
आम सर्वसाधारणको बृहत्तर हित प्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस एन आई सी एशिया बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित तुल्याइरहेको विषय सर्वविदितै छ । 

साथै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८३ शाखा सहित निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८५ एटिएम सहित मुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७५ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाख भन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ । त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ । 

छोटो समयमै बैंकलाई यस उचाईमा पु¥याउन अमुल्य योगदान पु¥याउनुहुने आम सर्वसाधारण, सेयरधनीहरु, सम्पूर्ण आदरणीय सेवाग्राहीहरु, शुभचिन्तकहरु एवं आम सञ्चार जगतमा वहाँहरु सबैले पु¥याउनु भएको सहयोगको लागि यस बैंक हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छ । 

‘बैंक पनि साथी पनि’ भन्ने नाराका साथ अघि बढेको यस बैंकले मिति २०७४÷११÷११ देखि ‘धनवर्षा मुद्दती खाता’ (वार्षिक ब्याजदर १२%) र ‘समुन्नति प्लस बचत खाता’ (वार्षिक ब्याजदर १०%) योजना सञ्चालनमा ल्याएकोमा उक्त योजनाहरुले आम जनमानसमा अत्यन्त लोकप्रियता हासिल गरेको भएता पनि विगत केहि दिन यता नेपाल बैंकर्स संघ र यस बैंक विच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गरेर जानुपर्छ भन्ने आम धारणा रहेको महसुस गर्दै सो को लागि सार्थक प्रयास गरी जनउत्तरदायी एवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरका विच वर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले निम्न बमोजिम गर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सविनय अनुरोध गर्दछौं :

बैंकले मिति २०७४ फाल्गुन ११ देखि संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबार सम्म मात्र नयाँ खाता खोल्न सकिने छ । तत्पश्चात उपरोक्त उल्लेखित दुवै योजनाहरु बन्द गरिने छ । 

हालै सृजित असहज परिस्थितीले गर्दा उपरोक्त उल्लेखित दुवै योजनाहरुलाई ग्राहक महानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सो बाट आम ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागी बैंक क्षमाप्रार्थी छ । 
कअन्त्यमा, अनेक आरोह अवरोहका बाबजुद हाम्रा लाखौं ग्राहक महानुभावहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी वहाँहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि

साथी पनि बन्ने हाम्रो महाअभियानमा हामी सदा प्रतिवद्ध छौं र रहिरहनेछौ ।  
 

सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप