बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पम्पमा छैन, प्युठानमा घरभित्रबाट निकालियोे पेट्रोल

मङ्गलबार, २९ फागुन २०७४, १० : ४३
मङ्गलबार, २९ फागुन २०७४

प्यूठान– केही सयमयता पेट्रोलियम पदार्थ अभाव हुन थालेपछि  जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुगमन थालेको छ । अनुगमनका क्रममा प्यूठान नगरपालिकाका ४ वटा पसलबाट खुल्ला रुपमा राखिएको पेट्रोलियम पदार्थ बरामद गरेको छ । 
जिल्ला प्रशासन कार्यालय प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी राकेश पाण्डेको नेतृत्वमा प्रहरी प्रमुख राजेन्द्र पोख्रेल सहितको टोलीले ३ सय ८६ लिटर पेट्रोल र ५० लिटर डिजल गरी ४ सय ३६ लिटर पेट्रोलियम पदार्थ बरामद गरेको हो ।
खुल्ला रुपमा विक्रि वितरण गरिरहेको अवस्थामा लोक बहादुर केसी, शोभाराम पण्डित,  दिर्घ जिसी र दिपक हमालको पसलबाट उक्त पेट्रोलियम पदार्थ बरामद गरेको सहायक प्रजिअ राकेश पाण्डेले बताए । 
प्यूठान नगरपालिका भित्रका मुख्य बजार बाग्दुला, टिकुरी बिजुवार र नयाँ बजार जुम्रीका केही पसलहरुमा नियम विपरित खुल्ला रुपमा राखिएको सवै पेट्रोलियम पदार्थ बरामद गरिएको जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए । अनुगमनका क्रममा प्यूठान न.पा. भित्र रहेका दुइवटै पम्पहरुमा पेट्रोल नपाएपछि पप्म सञ्चालकहरुलाई आवश्यक कारबाही  हुने समेत उनले जानकारी दिए ।  
पेट्रोल पम्पहरुमा लामो समय सम्म नियमित रुपमा पेट्रोलियम पदार्थ नपाइएको खण्डमा पम्प सञ्चालकहरु लाइसेन्स समेत खारेज हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप