बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीद्धारा गाँजा र मर्चा बनाउने औषधी नष्ट

मङ्गलबार, २९ फागुन २०७४, ०९ : ५३
मङ्गलबार, २९ फागुन २०७४

अर्घाखाँची - ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले चेकजाँचको क्रममा बरामत गरेको लागु औषध ८ केजी गाँजा र १० बोरा घरेलु मदिराको लागि प्रयोग गरिने मर्चा बनाउने औषधी (जडिबुटी) नष्ट गरेको छ । 

स्थानियवासी ,नगरपालिका प्रतिनिधि, कर्मचारी, पत्रकार, समाजसेवीको रोहवरमा मुचुल्का गरि आगो लगाई प्रहरीले नष्ट गरेको हो ।

यही फागुन २० गते प्रहरी निरिक्षक कमल परियारको नेतृत्वमा रहेको प्रहरी टोलीले सितगंगा ४ चक्ला बजारमा चेकजाँचको क्रममा ८ किलो लागु औषध गाँजा सहित कपिलवस्तु कृष्णनगर नगरपालीका वडा नम्बर ९ बहादुरगंजका ७७ बर्षिय जगत कलवारलाई  पक्राउ गरेको थियो । 

पक्राउ परेका कलवार उपर म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरिक्षक कमल परियारले रातोपाटीलाई बताए ।  

सवारी साधन चेकजाँचको क्रममा चेकपोष्ट अगाडि बरामत गरिएको १० बोरा घरेलु मदिराको लागि  मर्चा बनाउने औषधी सबैको रोहबरमा प्रहरीले आगो  लगाएर नष्ट गरेको हो ।

-बिष्णु कुमार आले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप