शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के छोराछोरी बनाउने जिम्मा महिलाको मात्रै हो ?

मङ्गलबार, २९ फागुन २०७४, ०७ : ००
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं –उमेरले झण्डै ४८ नाघिसकेका पाका पुरुष ।

श्रीमतीको ब्याग च्यापेर ग्रीन सिटी अस्पतालको निःसन्तान उपचार कक्षको बाहिर बसिरहेका थिए ।

गुरुङ थरका ती पुरुष झट्ट हेर्दा खान्दानी परिवारका जस्ता देखिन्थे ।

उनको जीवनमा केही पनि अभाव छ, जस्तो लाग्दैन ।

यो बाहिरबाट हेर्दा देखिएको दृष्य हो ।

तर, पोखरा घर भएका गुरुङ दम्पतीको साथमा सन्तान छैन ।

गुरुङ दम्पत्तिको बिबाह भएको २६ वर्ष भयो ।

उनलाई सन्तान चाहिएको छ ।

त्यसैले निसन्तान उपचार केन्द्र धाउनु आजकल यो दम्पत्तिको दैनिकी नै बनिसकेको छ ।

गुरुङ दम्पत्ति निःसन्तान उपचार केन्द्रमा उपचार गराउनकै लागि हङकङदेखि काठमाडौं आएका हुन् । 

यो दम्पतीबाट सन्तान हुँदै नभएको भने होइन ।

दुई वर्षअघि हङकङमा सडक दुर्घटनामा २४ वर्षका जवान छोरा गुमाए ।

यो वियोगमा गुरुङ परिवार अझैं विछिप्त छ ।

छोराको मृत्यूपछि फेरि भविष्यको साहरा खोज्ने मन बनाए ।

दोस्रो सन्तानलाई जन्म दिने सोचमा यो परिवार पुग्यो ।

तर, उनको श्रीमतीको उमेर ४८ कटिसकेको छ ।

सहजै सन्तान हुन सकेन ।
उनीहरुलाई निःसन्तान उपचारकेन्द्रको साहारा चाहियो ।

हाल निःसन्तान केन्द्रको सहयोगबाट बच्चा जन्माउने तयारीमा छन् ।

यसरी विभिन्न कारणले सन्तान नभएको समस्या लिएर आउने यस केन्द्रमा दैनिक ७ देखि १० जना हुन्छन् ।

लामो समयदेखि निःसन्तान केन्द्रमा सेवा दिदै आइरहेकी डाक्टर स्वस्ती शर्मा भन्छिन्, ‘उपचार केन्द्रमा आएका मध्ये ६० प्रतिशतको समस्या समाधान हुन्छ ।’

सन्तान नहुनुको कारण दम्पतीमा कोबाट नभएको हो भन्ने बारे जानकारी नै नलिई नेपाली समाजमा महिलालाई बढी दोषी देखाइन्छ ।

सुरुमा धामी झाँक्री लगाउने, विभिन्न औषधि खाने अनि बिबाह भएको २० वर्ष पछि निराश उपचार केन्द्र धाउछन् । जुन बेला सम्म सन्तान जन्माउनको लागि आमाको उमेर पनि कटिसकेको हुन्छ ।
डा. स्वस्ती भन्छिन्, ‘दम्पत्तिबाट सन्तान भएको छैन भने समस्याबारे जान्न जरुरी हुन्छ ।’   

निः सन्तान केन्द्रमा ८० प्रतिशत महिला
दम्पत्तिबाट सन्तान नभएका खण्डमा परिवारमा श्रीमान भन्दा श्रीमतीको कारण होकी भन्ने शंका गर्ने धेरै रहेका हुन्छन् ।

नेपाली समाजमा अझै सम्म पनि सन्तान नहुनुको कारण महिलाको टाउकोमा थुपारिन्छ ।

वास्तविक कारण बुझ्न चाहँदैनन् ।

डाक्टर शर्मा भन्छिन् ‘सन्तान नहुनुमा महिला मात्रै होइन पुरुषमा पनि समस्या देखिन्छ । कुनै दम्पत्ति दुबैमा बराबर समस्या पनि देखिन्छ ।’
लामो समयदेखि निःसन्तान केन्द्रमा चिकित्सकको भूमिका निर्वाह गर्दै आएकी डा शर्मा भन्छिन्, ‘निःसन्तान उपचार केन्द्रमा समस्या लिएर आउने ८० प्रतिशत महिलानै छन् । समस्या दुबैमा हुन्छ । तर, एक्लै लुखुर–लुखर आउछन् ।’

डाक्टरहरुका अनुसार शिक्षित परिवार, राम्रो स्टाटस भएका व्यक्तिहरुले पनि श्रीमतीलाई मात्रै पठाउने गरेका छन् ।

निःसन्तान केन्द्रमा आए पछि आफ्नो सन्तान भएकोबारे परिवार अर्थात समुदायलाई थाहा नहोस् भन्नेहरु पनि छन् ।

यति सम्म कि आफ्नो फोटो अस्पतालको भित्तामा राख्नको लागि पनि अनुमति नदिनेहरु पनि भेटिए ।

निःसन्ताको मुख्य कारण वैदेशिक रोजगार
नेपालमा निःसन्तानको तत्कालको मुख्य कारण वैदेशिक रोजगारी देखिएको डाक्टरहरुको बुझाई छ ।

डा.स्वस्ती शर्माको अनुसार वैदेशिक रोजगारीमा जाने युवा–युवतीहरुमा यो समस्या बढी देखिएको छ ।

‘विवाह गरेको केही समय पछि विदेशिने र छुट्टीमा आएको छोटो समयमानै सन्तानको चाहाना हुने हुन्छ । तर छोटो समयमा सन्तान नहुने हुँदा निःसन्तानको समस्या नेपालमा बस्ने भन्दा नेपाल बाहिर बस्नेमा बढी देखिएको छ ।’ उनले सुनाइन् ।  

प्रहरी र सेनामा काम गर्ने दम्पत्तिमा पनि निसन्तानको समस्या देखिएको छ ।

यो पेशामा पनि दम्पत्ति लामो समयसम्म सँगै बस्न पाउदैनन् । यसको असर निःसन्तानको समस्यासम्म पुग्ने गरेको डाक्टरहरुले बताए ।

धुम्रपान  
डाक्टरहरुका अनुसार पुरुषहरुबाट सन्तान नहुनुको दोस्रो कारण धुम्रपान पनि देखिएको छ । धुम्रपान सेवन गर्ने पुरुषमा यस्तो समस्या बढी देखिन्छ ।

खैनी, चुरोटमा निकोटिनको मात्रा बढी हुन्छ । निकोटिनले शुक्रकिटको मात्रा र शुक्रकिटको गतिलाई पनि कम गर्छ ।

खैनी, पानपराग, चुरोट जस्ता धूम्रपान प्रयोग गर्ने पुरुषको विर्यको स्पिड र मात्रालाई पनि कम हुने भएको कारण सन्तान हुने सम्भावना हुन्छ ।

पुरुषबाट सन्तान नहुनुको मुख्य कारण शुक्रकिट कम उत्पादन हुनु अर्थात शुक्रकिट नबन्नु निःसन्तानको मुख्य समस्या मानिन्छ ।

यस्तै पुरुषमा अण्डकोषको नसाहरु सुनिनु, वीर्यमा शुक्रकिटको मात्र कमी हुनु जस्ता सन्तान नहुनुको समस्या मानिन्छ ।

महिलाको समस्या
महिलाबाट सन्तान नहुनुको मुख्य कारण भनेको अण्डा नबन्ने, टेस्ट ट्यूब ब्लक , पाठेघर टासिएको, धेरै पटक गर्भपतन गर्नु देखिएको डाक्टरहरु बताउँछन् । हर्मनमा देखिएको सामान्य समस्याले गर्दा अण्डा बन्न सक्दैन ।
यस्तै अण्डाको स्टोर कम भएको अथवा हर्मनमा समस्या हुँदा आवश्यक अनुसार अण्डा उत्पादन नहुनु पनि निःसन्तानको समस्या लिइन्छ ।

अण्डाबाहिनी नली अर्थात ट्यिुब ब्लक हुदा पनि सन्तान हुदैन ।

शिशु अण्डाबाहिनी नलीमानै बन्ने भएको कारण ट्यिूब ब्लक हुँदा गर्भ रहदैन् ।

उपचार के छ ?
अनौपचारिक तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालको कुल जनसंङख्याको १० देखि १५ प्रतिशतमा निःसन्तानको समस्या छ ।

डाक्टरको भनाइअनुसार त्यसमा पनि उपचार गर्ने हो भने ६० प्रतिशतबाट सन्तान हुने सम्भावना हुन्छ ।

निःसन्तानको उपचारको मुख्य आधार भनेकै टेस्ट् टूयुब बेबी हो ।

 

डाक्टरहरुले केही औषधि सेवन पछि सन्तान हुने सम्भावना छ भने औषधि दिन्छन् । सम्भावना नभए स्वास्थ्य परीक्षणपछि थप उपचारमा लाग्छन् ।
जस्तो कि, सन्तान हुने सम्भावना छ भने औषधि दिइन्छ ।

यदी श्रीमानको वीर्यबाट सन्तान नभएको खण्डमा दम्पत्तिको इच्छा अनुसार अस्पतालबाट नमुना लिनुपर्ने हुन्छ ।

जसलाई टेस्ट् ट्यूब बेबी भनिन्छ ।

निःसन्तान उपचार केन्द्रमा आएर ‘टेस्ट् ट्यूब बेबी’ मार्फत सन्तान जन्माएको बारे धेरैले गुपचुप राख्न चाहान्छन् ।

तर, डा शर्मा भन्छिन्, ‘यस्ता समस्या लुकाउने होइन खुलाउदै जाने हो – ता कि एक जनाबाट अरुले पनि जानकारी पाओस् ।’  

खर्च कति लाग्छ ?
निजी अस्पतालमा ‘टेस्ट् ट्यूब बेबी’ मार्फत सन्तान जन्माउँदा तीन लाखसम्म लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप