विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा भएको विमान दुर्घटनाप्रति बंगलादेशका प्रधानमन्त्रीसमक्ष दुःख व्यक्त गरेका छन् । विमान दुर्घटना भएलगत्तै बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई टेलिफोन गरी प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । विमान दुर्घटनाबाट भएको मानवीय र भौतिक क्षतिप्रति मर्माहत हुँदै प्रधानमन्त्री ओलीले नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री हसिनाजावेदसँग दुःख व्यक्त गरेका थिए ।
बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परी ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको बताउँदै दुर्घटनामा दिवंगत भएका यात्रुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्प्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गरेका थिए ।
टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले यो खालको त्रासदीपूर्ण दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खवर पाउनासाथ नेपाल सरकारले शीघ्र रुपमा उद्धार कार्य अघि बढाएको जानकारी दिएका थिए । बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्रीओली घटनास्थल निरीक्षण गर्न समेत पुगेका थिए ।
बंगलादेशका प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्रीओलीले आफूले घटनास्थल निरीक्षण गरेको समेत बताएका थिए । दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने प्रधानमन्त्रीले जानकारी दिएका थिए । बंगालदेशका प्रधानमन्त्रीले भने दुर्घटनालगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद ब्यक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण