शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हंशराज हुलासचन्द एण्ड कम्पनीले सुरु गर्यो लम्कीमा नयाँ शोरुम

सोमबार, २८ फागुन २०७४, १९ : २०
सोमबार, २८ फागुन २०७४

कैलाली– हंशराज हुलासचन्द्र कम्पनीले सुविधासहितको शोरुम विस्तार गरेको छ । कैलालीको लम्कीमा उक्त कम्पनीले शोरुम गंगा अटोमोबाइल्स सञ्चालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीको दाबी छ ।

नयाँ शोरुम शुभारम्भको अवसरमा, शोरुमद्धारा ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु प्रदान समेत गरिने कम्पनीले जनाएको छ ।  नयाँ शोरुम शुभारम्भ भएको अवसरमा बोल्दै हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको लम्कीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं ।

ग्राहकहरुको बढ्दो मागका कारण हामीले कैलालीमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान  गर्न प्रतिबद्ध छौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप