शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र भारतबीच पर्यटन प्रबद्र्धनको प्रयास गर्दै भरतपुर महानगर

सोमबार, २८ फागुन २०७४, १७ : ४९
सोमबार, २८ फागुन २०७४

चितवन । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जको संयुक्त आयोजनामा तीन दिनपछि शुक्रबार नारायणगढमा नेपाल भारत द्विपक्षीय पर्यटन प्रबद्र्धन गोष्ठी आयोजना गरिँदैछ । गोष्ठीको पूर्वतयारीस्वरुप सोमबार भरतपुरमा द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

बैठकमा महावाणिज्य दूतावास बीरगञ्जका वाणिज्य दूत राजेशकुमारले भारतबाट गोष्ठीमा सहभागी हुने व्यक्तिहरुबारे जानकारी गराएका थिए । उनका अनुसार उक्त गोष्ठीमा भारतका विभिन्न भागबाट पर्यटन व्यवसायी, टुर अपरेटर, लगानीकर्ता, सञ्चारकर्मी र महावाणिज्य दूतावास वीरगञ्जका कर्मचारी सहभागी हुनेछन् । गोष्ठीमा भारतका विभिन्न पर्यटकीय स्थलबारे जानकारी दिने ब्रोसर, पुस्तक वितरण गरिने जानकारी दिँदै वाणिज्य दूत राजेशकुमारले नेपालका पर्यटकीय स्थलबारे जानकारी दिने प्रचार सामग्री गोष्ठीका सहभागीलाई वितरण गर्न आग्रह गरे ।

भरतपुर महानगरपालिका आर्थिक विकास समिति संयोजक जयराम श्रेष्ठले गोष्ठी चैत २ गते दिउँसो एक बजे उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजना हुन गइरहेको जानकारी दिए । उनले गोष्ठी आयोजनाको अन्तिम तयारी भइरहेको जानकारी दिँदै उपसमिति बनाएर आगन्तुक भारतीय पाहुनालाई खाने, बस्ने र घुम्ने वातावरण मिलाइएको बताए ।

गोष्ठीका सहभागीले शनिबार सौराहाबाट कसरा, जगतपुर हुँदै पर्यटकीय क्षेत्रको अवलोकन गरी मेघौलीसम्म पुग्ने कार्यक्रम रहेको छ । बैठकमा दिइएको जानकारी अनुसार आइतबार बिहान चितवन उद्योग संघमा समापन कार्यक्रमको आयोजना गरी भारतबाट आएका सबै अतिथिलाई बिदाई गरिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप