बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा आवश्यक : विनोद चौधरी

सोमबार, २८ फागुन २०७४, १७ : ४३
सोमबार, २८ फागुन २०७४

 
काठमाडौं –नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूका वीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघिय संरचना कार्यान्वयन गरिएको बताउदै उहा“ले प्रदेश सरकारहरूले यहि सोंचका साथ काम शुरू गर्न आग्रह गर्नुभयो ।

‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ति राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक बृद्धिदर उच्च हुन पुग्यो’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘हाम्रा मुख्य मन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तब्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नया“ उत्साह आउने विश्वास मैले लिएको छु ।’

सोमबार रौतहटको चन्द्रपुर महोत्सवमा विशिष्ठ अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, ‘हाम्रा राजनीतिक एजेण्डाहरू व्यवस्थापन भएका छन् । अब प्रदेश सरकारहरूले प्रान्तिय संरचना वा कानूनी पक्षहरूका बारेमा अलमल नगरि विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।  

प्रदेश नम्बर २ आर्थिक एवं सामाजिक विकासका दृष्टिले अहिले पछाडि रहेको तथ्य प्रस्तुत गर्दै उहा“ले यस प्रदेशलाई देशकै सबैभन्दा विकसित प्रदेशमा रुपान्तरण गर्न सकिने प्रयाप्त आधार रहेकोमा उहा“ले जोड दिनुभयो । ‘नेपालको आर्थिक राजधानीका रुपमा मानिने वीरगञ्ज यहि छ । काठमाडौं–तराई फास्ट ट्रयाक, वीरगञ्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारहरू यहि रहेका छन्’, अध्यक्ष चौधरीले भन्नुभयो, ‘ ब्यापार÷बाणिज्य, औद्योगिक क्षेत्र, कृषी र पर्यटनमार्फत् यस नेपालको सबैभन्दा सम्पन्न प्रदेश बनाउन सकिन्छ । तर हिजोका दिनमा जस्तै व्यवस्थापकिय कमजोरीहरू भने अब दोहो¥याउनु हुदैन ।’

‘राम जानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरि जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने प्रचूर सम्भावना छ’ उहा“ले भन्नुभयो, ‘तर विकासमाथि राजनीति गर्ने विगतका गल्तीहरूबाट भने पाठ सिक्न जरूरी छ ।’

प्रदेश नम्बर २ लाई व्यवसायिक कृषी उत्पादन गरि निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनु पर्नेमा पनि उहा“ले जोड दिनुभयो । ‘प्रदेश नम्बर २ को कृषी उपज प्रत्येक नेपालीको भान्सामा पु¥याउने नीतिका साथ काम गर्नुआवस्यक छ’, अध्यक्ष चौधरीले भन्नुभयो, ‘यहा“को उर्वर भूमीबाट कृषी क्रान्तिको नया“ अध्याय शुरू गर्न सकिन्छ ।’

‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहा“ रहेका छन् । ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आईसिपी, ड्राईपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् ।’ उहा“ले भन्नुभयो, ‘यस प्रदेशले आफ्नो सामथ्र्य समयमै चिन्न सकेमा आर्थिक विकासमा अग्रणी बन्न सक्छ ।’

‘अहिले यो प्रदेशमा अहिले पनि करिब ३० प्रतिशत गरिवी छ । साक्षरताको अवस्था कमजोर छ । र, बेरोजगारी उच्च छ ।’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘पक्कै पनि अहिलेको अवस्था चिन्ताजनक छ । तर, पा“च बर्षमा यि सबै परिसूचकहरू उत्साहजनक हुनेछन् भनेर प्रदेश सरकारले आफ्नो काम मार्फत् जनतालाई भरोसा दिलाउन सक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप