बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकमा ल्याइएका ५ घाइते मध्ये दुईको अवस्था चिन्ताजनक, घाइते भन्छन्, ‘झ्याल फुटाएर निस्कियौँ’ (नामसहित)

सोमबार, २८ फागुन २०७४, १७ : २९
सोमबार, २८ फागुन २०७४

काठमाडौँ । दुर्घटनामा परेका युएस बंगला विमानका ५ जना घाइते यात्रुहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

उपचारका लागि ल्याइएका घाइतेहरु मध्ये ४ जना नेपाली तथा १ जना बंगलादेशी नागरिक रहेको अस्पताल प्रशासनले जनाएको छ ।

हाल पाठनका सनम शाक्य, किर्तिपुरका विनोद राज पौडेल, बसन्त बोहोरा, आशिष रञ्जित, बंगलादेशी नागरिक रहेका छन् ।

जसमध्ये विनोद राज पौडेल र बंगलादेशी नागरिकहरुको अवस्था चिन्ताजनक रहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार बाँकी तीन जना घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुले झ्याल फुटाएर बाहिर आएको बयान दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप