शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले भने :ठूलो दुःखद घटना,आयोग बनाएर छानविन गर्छौैँ

सोमबार, २८ फागुन २०७४, १६ : ५०
सोमबार, २८ फागुन २०७४

काठमाडौं -त्रिभुवन विमानस्थलमा आज भएको विमान दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले घटनास्थल पुगेर दुःख ब्यक्त गरेका छन् । 
उनले घटनास्थलको अवलोकन पछि संचारमाध्यमसँग कुरा गर्दै यो घटनाले सिंगो नेपाललाई स्तब्ध पारेको र के कारणले दुर्घटना भएको हो भन्नेबारे आयोग बनाएर छानविन गर्ने प्रतिबद्धता जनाए । 
उनले जुनसुकै देशका नागरिकको निधन भएपनि साह्रै दुखत भएको बताँउदै उनले घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, एम्बुलेन्स अस्पताल सबैलाई धन्यवाद दिए । घटनास्थलमा गृहमन्त्री, रक्षामन्त्री लगायत अन्य पदाधिकारी पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप