शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

युएस बंगला विमान दुर्घटनाः चारजना नेपाली यात्रुको सनाखत (अपडेट)

सोमबार, २८ फागुन २०७४, १६ : ४४
सोमबार, २८ फागुन २०७४

काठमाडौं– त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना हुँदा मृत्यु भएकामध्ये अहिलेसम्म चारजना नेपालीको सनाखत भएको छ । दुर्घटनास्थलबाट केएमसी अस्पतालमा उपचारका लागि लगिएका १५ जनामध्ये आठ जनाको मृत्यु भएको हो ।  जसमा सनाखत भएका नेपालीमध्ये सजना देवकोटा, प्रविण चित्रकार हरिशंकर पौडेल र रोकिकुल हसन रहेका छन् ।

बंगलादशको राजधानी ढाकाबाट काठमाडौ आएको उक्त विमान आज दिउसो विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको थियो । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप