बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आधा घण्टापछि बन्द विमानस्थल खुल्ने

सोमबार, २८ फागुन २०७४, १६ : ४०
सोमबार, २८ फागुन २०७४

काठमाडौं– युएस बंगलाको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधाघण्टा पछि खुल्ने भएको छ । बंगलादेशबाट काठमाडौंको उडानमा रहेको युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेपछि विमानस्थल केही समयका लागि बन्द गरिएको थियो ।

विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अबको आधा घण्टामा विमानस्थल खुल्नेछ । ७१ जना सवार युएस बंगलाको विमानमा रहेका ७ जना यात्रुको मृत्यु भएको पुष्टि भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप