बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटना : यस्तो छ ‘युएस बङ्ला वायुसेवाको बमबार्डिएर ड्यास–८ क्यु ४००’ को परिचय

सोमबार, २८ फागुन २०७४, १६ : २६
सोमबार, २८ फागुन २०७४

काठमाडौं–यु.एस.–बङ्ग्ला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ ।

यु.एस.–बङ्ला एअरलाइन्स बङ्लादेशको सात विमानसेवा मध्य एक हो । यो बङ्लादेशको नीजि विमान सेवा हो । यसलाई यु.एस.–बङ्ला ग्रुपले सञ्चालन गरिरहेको छ । सन् २०१० मा स्थापना भएको यो वायुसेवाले सन् २०१४ बाट सेवा शुरु गरेको थियो । शुरुका केही वर्ष आन्तरिक उडान मात्र भरिरहेको यो वायुसेवाले सन् २०१६ बाट अन्तराष्ट्रिय सेवा दिन थालेको हो ।

हाल यो विमानसेवाले आन्तरिक उडानको अतिरिक्त भारत, नेपाल, मलेशिया, ओमन, कतार , सिङ्गापुर र थाइल्याण्ड सात देशमा अन्तराष्ट्रिय सेवा दिइरहेको छ । यसका लागि विमानसेवाले १५८ क्षेमताका बोइङ्ग ७३७ का ४ वटा र बम्बार्डियर ड्यास–८का ४ विमान प्रयोग गरिरहेको छ ।

आज दुर्घटना भएको मोडल बर्मबार्डिएर ड्यास–८ विमान दुई इन्जिन भएको, मध्यम दुरीमा उडान भर्न मिल्ने खालको विमान हो । यो विमानलाई ‘डि ह्याभिल्याण्ड क्यानडा’ले सन् १९८४ मा सार्बजनिक गरिएको थियो । सो समय यसलाई उत्पादक कम्पनीको नाम जोडेर ‘डि ह्याभिल्याण्ड क्यानडा ड्यास–८’ भनिन्थ्यो । हाल यसलाई ‘बमबार्डिएर एरोस्पेस’ले उत्पादन गर्ने भएकाले यसको नाममा सोही कम्पनीको नाम जोडिएको छ ।

यो विमानहरुको संस्करण जनाउन कम्पनीले ‘क्यु सेरिज’ नाम दिने गरेको छ । नेपालमा दुर्घटना भएको विमान क्यु–४०० हो । क्यु–४०० बम्बार्डिएर एरोस्पेसले उत्पादन गरेको सबैभन्दा पछिल्लो संस्करणको विमान हो । कम्पनीले आफ्ना पुराना विमान श्रृङ्खलाहरु सन् २००९ बाट उत्पादन गर्न बन्द गरेकाले हाल कम्पनीले यही क्यु–४०० मात्र उत्पादन गरिरहेको छ ।

यो अघि पनि सन् २०१५ सेप्टेम्बर ४ मा यु.एस.–बङ्लाको ‘बम्बार्डिएर ड्यास– ८ क्यु–४०२एस’ विमान आन्तरिक उडानको क्रममा धावनमार्गबाट चिप्लिएको थियो । सो दुर्घटनामा भने कुनै हताहती भएको थिएन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप