शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट बैंकले गर्यो बिप्रेषण सम्झौता

सोमबार, २८ फागुन २०७४, १६ : १८
सोमबार, २८ फागुन २०७४

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक र दक्षिण कोरियास्थित E9Pay Co. Ltd बीच  विप्रेषण सम्झौता भएको छ । यी दुई संस्थाबीच भएको यो सम्झौतासँगै दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहास्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी E9Payको मोबाइल एप्सको प्रयोग गरी नेपालमा रकम पठाउन सक्ने जनाइएको छ । योसँगै  E9Pay मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंक लि.को खातामा तुरुन्तै जम्मा हुने र अन्य वाणिज्य तथा विकास बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने जनाइएको छ । 

E9Pay मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिट्सका देशभर छरिएर रहेका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ  । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने जनाइएको छ । 

देशकाविभिन्न ठाउँमा रहेका ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखा र ९८ वटा एटिएम मार्फत आफ्नो सेवादिइरहेको नेपालइन्भेष्टमेण्ट बैंक लि.र दक्षिण कोरियास्थितE9Pay  बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप