शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : ७१ जना सवार युएस बंगलाको विमान दुर्घटना, ८ जनाको मृत्यु

सोमबार, २८ फागुन २०७४, १६ : १०
सोमबार, २८ फागुन २०७४

काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एस २ एजियु कल साइनको विमान दुर्घटनाग्रस्त बनेको छ ।

दुर्घटनामा परी ८ जनाको निधन भएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानबाट उद्धार गरी विभिन्न अस्पतालमा पठाइएका ८ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । घाइतेहरुको सिभिल, केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ । 

बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।  

‘विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ’, उनले रातोपाटीसँग भने, ‘आगलागी भएको जहाजबाट २५ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि अस्पताल पठाइएको छ ।’

दुर्घटना लगत्तै विमानमा आगलागी भएको थियो ।

यसैबीच, विमान दुर्घटनावारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थल पुगेका छन् । उनीसँगै उद्योगमन्त्री मात्रिका यादव पनि गएका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप