मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा भित्रिए डाइनाप्याक ब्राण्डका सडक निर्माणका औजार

सोमबार, २८ फागुन २०७४, १६ : ०५
सोमबार, २८ फागुन २०७४

काठमाडौं– सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । नेपाल कन्ट्ररक्सन एण्ड इञ्जीनियरिङ कर्पोरेशन (एनसीइसी) ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो । 

नेपालमा आफ्ना उत्पादनको बिक्री बितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइनाप्याकले परिमाजित उपकरण भित्र्याएको जनाएको छ । सन् २००८ देखि नेपाली बजारमा आफ्ना उत्पादनको बिक्रीबितरण गरिरहेको डाइनाप्याकको आधिकारिक बिक्रेता इनसीइसी रहेको छ ।

एक कार्यक्रमका बीच एनसीइसीले परिमार्जित अत्याधुनिक प्रविधियुक्त परिमार्जित उपकरण भित्र्याएको हो । एनसीईसीका मुलुकभर रहेका बिक्री र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्री बितरण हुनेछ । एनसीइसीले विगत ६० बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको छ । 

‘नेपालको विकास निर्माण तथा पूर्वाधार निर्माण गर्ने राष्ट्रिय महत्वका आयोजनामा सहभागि हुन पाउँदा हामी गौरवान्वित भएका छौं ।’ फायाट ग्रुप, डाइनाप्याक इण्डियाका प्रबन्ध निर्देशक मुकुल चक्रवर्तीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप