शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसुङले ल्यायो नयाँ स्मार्टफोन

सोमबार, २८ फागुन २०७४, १५ : २३
सोमबार, २८ फागुन २०७४

काठमाडौं– नेपालको सबैभन्दा ठूलो र विश्वासिलो ब्राण्डका रुपमा रहेको सामसुङले नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी S9 बजारमा ल्याएको छ । कम्पनीका अनुसार उक्त स्मार्ट फोनको माध्यामबाट प्रयोगकर्ताहरुले कुराकारी गर्न, आफ्ना अनुभवहरु विश्वसामू शेयर गर्न सकिनेछ ।

यो फोनमा सामसुङ्ले इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न विशेष प्रविधिको प्रयोग समेत गरेको छ । यसमा लो लाइट क्यामेरा, डुअल यापुर्चर लेन्स र सुपर स्लोमो भिडियो समेत खिच्न सकिने सुविधा रहेको कम्पनीको दाबी छ ।

नेपाली बजारमा यो फोन भित्रिएसँगै मोबाइल फोनबाट स्व–अभिव्यक्ति एवम् कुराकानी र आफुले प्रयोग गर्ने स्मार्ट फोनको तरिकामा परिवर्तन आएको सामसुङ नेपाल मोबाइल डिभिजनका प्रमुख प्रणयरत्न स्थापितले जनाएका छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप