शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटना : जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

सोमबार, २८ फागुन २०७४, १५ : २४
सोमबार, २८ फागुन २०७४

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको छ ।

अस्पतालका अधिकारी आरपी मैनालीका अनुसार दुई जना घाइतेलाई अस्पताल ल्याइएको हो ।

उनीहरुको शरीर जलेको अवस्थामा रहेको छ र हाल इमर्जेन्सीमा उपचार भइरहेको छ ।

चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको बीएस २११ कल साइन भएको एयर क्राफ्ट सोमबार दिउँसो  अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । 

बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।

 ‘विमानमा चालकदलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ’, उनले रातोपाटीसँग भने, ‘आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप