बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

७१  यात्रु सवार युएस बंगलाको विमान काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त

सोमबार, २८ फागुन २०७४, १५ : १७
सोमबार, २८ फागुन २०७४

काठमाडौं– चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो  अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । 
बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।  ‘विमानमा चालकदलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ’, उनले रातोपाटीसँग भने, ‘आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको छ ।’
 
अहिले घटनास्थलमा नेपाली सेवा, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै  उपत्यकामा उपलब्ध सबै एम्बुलेन्स आगलागी नियन्त्रणका लागि खटिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप