शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब पुटिनले यात्रुविमान झार्न आदेश दिए...

सोमबार, २८ फागुन २०७४, १२ : ५४
सोमबार, २८ फागुन २०७४

बीबीसी–रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा डकुमेन्ट्री फिल्ममा उनले एक यात्रुविमान खसाल्न आदेश दिएका कुरा बताएका छन् । किनभने त्यस विमानमा बम भएको सूचना पाएका र त्यो बमले २०१४ को विन्टर ओलम्पिकमा हमला हुने भन्ने लागेको थियो ।

यो दुई घण्टाको डकुमेन्ट्री अनलाइनमा रिलिज गरिएको छ । डकुमेन्ट्रीमा राष्ट्रपति पुटिन भन्छन्– ‘खेल सुरु हुनुभन्दा पहिला उनले के थाह पाए भने युक्रेनबाट टर्की जाने हवाइजहाज हाइज्याक भएको छ । तर यो गलत खबर थियो र जहाज खसालिएन ।’

यो डकुमेन्ट्री त्यो समयमा आयो जब १८ मार्चमा त्यहाँ चुनाव हँुदै छ र पुटिनले जित्ने पक्कापक्की जस्तै छ । 

पुटिनलाई सात जनाले चुनौती दिँदै छन् तर कसैका पक्षमा पनि त्यति मजमुत जनमत छैन र प्रमुख विपक्षी नेता एलेक्सी नवलनीलाई त चुनावमा उठ्न नै प्रतिबन्ध लगाइयो । 

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिन फिल्ममा भन्छन् ‘मलाई के भनिएको थियो भने युक्रेनबाट इस्तानबुल जाने एउटा हवाइजहाज हाइज्याक भएको र हाइज्याकर्सले त्यसलाई सोचीमा उतार्ने योजना रहेको भनियो ।’

मैले उनलाई भने खसाली दिनुहोस् जहाज 

रिपोर्टर एड्रे कद्रासोवको भनाइ के छ भने तुर्किस पेगेसस एयरलाइन्स बोइग 737–800 विमान, जुुन हार्किवबाट इस्तान्बुलका लागि ११० यात्रीहरूलाई बोकेर गइरहेको थियो । त्यसका पाइलटले एक यात्रीसँग बम रहेको र उसले विमानलाई सोचीमा उतार्न भनेको बताए ।

डकुमेन्ट्रीमा पुटिन के भन्छन् भने सुरक्षा अधिकारीहरूले उनलाई यस्तो अवस्थामा प्रक्रियाको हिसाले हवाइजहाज खसाल्न ठीक हुन्छ भने । 

पुटिन भन्छन्– ‘मैले उनलाई प्रक्रियाको हिसाबले नै गर्नुहोस् भने ।’

उनी फेरि भन्छन्– केही मिनेटपछि उनलाई अर्को फोन आयो । त्यसबाट समाचार गलत थियो भन्ने थाह भयो । 

पुटिनको भनाइ अनुसार यसको केही समयपछि उनी सोचीमा ओलम्पिक समारोहमा पुगे ।

रोयटर्सका अनुसार, राष्ट्रपति कार्यालयका प्रवक्ता दमित्री पेस्कोवले पुटिनको कुराको पुष्टि गरे । 

यस्तो अवस्था न कहिल्यै आयो न आउने छ

यस डकुमेन्ट्रीको पहिलो भाग सोसल मिडियामा पोस्ट गरिएको छ । पोस्ट गर्ने एकाउन्टमा एक मिडिया मेनेजर र टिप्पणीकार दमित्री किसेल्योव र एक राष्ट्रपति समर्थक यु ट्युब एकाउन्ट छ । 

यो डकुमेन्ट्रीमा टिभी एङ्कर र पुटिनका मिडिया सचिव कद्रासोव पुटिनलाई के कहिल्यै कुनै अवस्थामा उनले क्रिमियालाई युक्रेन फर्काने सोचेका थिए भनेर सोध्छन् । 

रुसको टास न्युजका अनुसार पुटिनले जवाफ दिए, ‘तपाईं के भन्दै हुनुहुन्छ ? यस्तो अवस्था न कहिल्यै आयो न आउने छ ।’

रुसले २०१४ मा क्रिमिया प्रायद्वीपलाई आफ्नो कब्जामा लिएको थियो । अघिल्लो वर्ष सेप्टेम्बरमा संयुक्त राष्ट्र  सङ्घले रुसमा क्रिमियामा मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको थियो । 

म धोका दिनेलाई माफी दिँदैन 

पुटिन भन्छन् उनी केही कुरा त माफ गर्न सक्छन् तर हरेक चीजलाई होइन । कद्रासोव सोध्छन् कि कुन कुरालाई माफ गर्न सक्नु हुन्न त पुटिन भन्छन् धोका । 

तर पुटिन भन्छन् अहिलेसम्म उनले यस्तो कुनै घटनासँग जुध्नुपरेको छैन, जसलाई धोका भनियोस् । 

उनी भन्छन्– ‘सायद मैले मानिसहरू नै यस्ता छानेको छु जसले यस्तो गर्दैनन् ।’

मेरा बाजे नेताहरूको खाना बनाउँथे 

पुटिन भन्छन्, उनका बाजे रुसका पूर्व नेताहरू भ्लादिमिर लेनिन र जोसेफ स्टालिनकोमा खाना बनाउँथे । 

पुटिन भन्छन्, उनका बाजे स्पिरिडन पुटिन स्टालिनको स्टाफका राम्रो सदस्यमा एक मानिन्थे । 

डकुमेन्ट्रीमा भनिएको छ, स्पिरिडन पुटिन सोभियत सरकारमा आफ्नो मृत्युभन्दा केही दिन पहिलासम्म काम गर्थे । १९६५ मा ८६ वर्षको उमेरमा उनको मृत्यु भयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप