शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोङलाई भेट्नेहरू के भन्छन् ?

सोमबार, २८ फागुन २०७४, १२ : २१
सोमबार, २८ फागुन २०७४

एजेन्सी-बच्चामा उनलाई राजकुमार जस्तो व्यवहार गरिन्थ्यो । उनले आफ्नो पारिवारिक सेफलाई उनको बेइमानीका लागि माफ गरिदिका थिए । उनी बास्केटबल मन पराउँछन् र विद्यार्थीको रूपमा स्विजरल्यान्ड बस्दा उनसँग नाइकका थुप्रै जोडी जुत्ता थिए ।

यी तथ्यहरू उत्तर कोरियाली नेताका बारेमा उनलाई भेटेका मानिसबाट थाहा भएको कुरा हो । ३४ वर्षीया यी नेताले भर्खर मात्र दक्षिण कोरियाली अधिकारीहरूलाई अघिल्लो हप्ता पहिलो पटक भेटे र दुई महिनामा राष्ट्रपति ट्रम्पलाई भेट्दै छन् । 

किम विश्वका लागि रहस्य रहेका छन् । उनले आफ्नै काकालाई बेइमानीका लागि मृत्युदण्ड दिएको विश्वास गरिन्छ । तर हातको औँलामा गन्न सकिने उनलाई चिन्ने मानिसहरूले उनको बारेमा थप तथ्यहरू दिएका छन् । उनका विगतका स्कुले साथी र पश्चिममा शरण लिएका उनको परिवारको सदस्यहरूले दिएको जानकारीमा उनको नरम व्यक्तित्वको साक्षात्कार पाइन्छ ।

किमको बाबुको लानि खाना बनाउने जापानी सेफ किमको बारेमा थाहा पाउने महत्वपूर्ण स्रोत हुनसक्छन् । हुन त यी दुई सँगै रहँदा किम सानै थिए तर यी जापानीको पछिल्लो समय भएको उत्तर कोरिया भ्रमणले यसमा महत्वपूर्ण दृष्टि प्रदान गर्छ ।

केन्जी फुजिमोतोको उपनामले चिनिने ती सेफले किमको परिवारमा काम गर्दाको समयलाई दुई किताबमा लेखेका छन् । किमलाई उनको र फुजिमोतोको मातृभूमिबीच रहेको शत्रुताबारे ज्ञान थियो । जापानले कोरिया प्रायद्वीपलाई लामो समय उपनिवेश बनाएको थियो ।

“जब राजकुमार (किम) जोङ उनले मसँग हात मिलाए, उनले मलाई नराम्रो नजरले हेरे । “फुजिमोतोले सन् २००३ मा प्रकाशित गरेको आफ्नो सस्मरणमा ७ वर्षे किमसँगको पहिलो भेटबारे लेखेका छन् । सो भेटमा किम सैन्य पोसाकमा थिए र उनलाई उनका बाबुका सहयोगीहरूले राजकुमार सम्बोधन गरिरहेका थिए । “उनको आँखामा रहेको हेराइ म अझै बिर्सिन सक्दिनँ । त्यो हेराइमा यो पतित जापानीज हो भन्ने खालको हेराइ थियो ।”

फुजिमोतोले किम जोङ उन आफ्ना बाबुका ६ सन्तानमध्य सबैभन्दा प्यारो थिए भनेका छन् ।

किमको परिवारको लागि वर्षौं काम गरेपछि फुजिमोतो आफ्नो जन्मभूमि जापान भागे । जापानमा रहँदा उनलाई उत्तर कोरियाली जासुसको कारबाहीमा परिने डर हुन्थ्यो । त्यसैले उनी फरक परिचय लिएर लुकेर बसे । तर सन् २०१२ मा किमले उनलाई उत्तर कोरिया भ्रमण गर्ने निमन्त्रणा दिए । निमन्त्रणा स्वीकारेर फुजिमोतो राजधानी प्योङयाङ घुमेर फर्किए । सो समय किम राष्ट्रपति भइसकेका थिए ।

“भेटमा ‘कमरेड जनरल’ मुस्कुराए र मलाई भने– “तिम्रो बेइमानी बिर्सिइएको छ ।” फुजमोतोले सन् २०१२ को अन्तरवार्तामा भने । उनले किमको शासनमा जनताको औसत जीवनस्तर सुध्रिएको पाएको बताए ।
फुजिमोतोले लन्च मिटिङको समयमा किमको श्रीमती री सोल–जुको उलेख्य भूमिका देखेर अचम्मित भएको बताए । फुजिमोतोले किम सहज र खुसी तर परिस्थिति पूर्ण नियन्त्रणमा रहेको पाएको बताएका थिए ।
सेफले लन्चका क्रममा  भएको गफमा किम आफ्नो राष्ट्रमा परिवर्तनका लागि खुला रहेको पनि पाएको बताए ।

“कमरेड जनरलले मैले भनेको सबै कुरा सुने र मुलुकलाई विश्वसामु खुलाउन आग्रह गर्दा पनि उनले टाउको हल्लाए ।” फुजिमोतोले भने “किम जोङ इलले कहिल्यै त्यसरी शान्त भएर अर्काको विचार सुन्दैनथे ।”

परिवारका सदस्यहरू

परिवारका सदस्यहरूले पनि किमको स्वभावबारे सुनाएका छन् । विशेष सानोको किम बारेमा । तीमध्ये किमकि सानीआमा पनि एक हुन् । उनलाई उत्तर कोरियामा को–योङ सुक भनेर चिनिन्थ्यो । उनी आफ्नो श्रीमान री ग्याङका साथ सन् १९९८ मा अमेरिकाको शरणमा पुगेकी थिइन् । हाल सुरक्षाका लागि यी दुवैले फरक नाम प्रयोग गर्छन् ।

जोडीले किम जोङ उनलाई लगभग बीस वर्षदेखि भेटेको छैन । तर सन् १९९६ देखि २००० सम्म किम स्विजरल्यान्ड स्कुल पढ्दा किम उनीहरूको घरमा केही समय बसेका थिए । सन् २०१६ मा वासिन्टन पोस्टलाई दिएको लामो अन्तरवार्ता उनीहरूले किमबारे पनि बोलेका थिए ।

“ऊ छकछके थिएन तर ऊ झडङ्ग रिसाउँथ्यो र उनीसँग धैर्यको अभाव थियो ।” कोले भनिन् । “जब उनकी आमाले उसलाई धेरै नखेल र पढ भनेर कराउँथिन्, ऊ आमालाई जवाफ फर्काउँदैनथ्यो तर ऊ फरक तरिकाले विरोध जनाउँथ्यो, जस्तो खाना बोलाउँदा ऊ जाँदैनथ्यो ।”

उनको सानिआमाले भनिन किम उसको बाबुको आधिकारिक उत्तराधिकारी हो भनेर धेरै पछिसम्म संसारलाई थाहा दिइएन । तर यो कुरा किमलाई १९९२ देखि नै थाहा थियो ।

किमको आठौँ जन्मदिनको पार्टीमा उनलाई जनरलको युनिफर्म दिइएको थियो र त्यहाँ उपस्थित साच्चैका जनरलले निहुरिएर उनीप्रति सम्मान व्यक्त गरेका थिए, उनले भनिन् ।

“उनका वरिपरिका मानिसले उनलाई त्यस्तो व्यवहार गरिरहँदा उनी सामान्य मानिस जसरी हुर्कन गाह्रो थियो ।” कोले भनिन् ।

बास्केटबल खेलाडी

अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले सन् २०१३ देखि उत्तर कोरियाको ५ पटक भ्रमण गरिसकेका छन् । ती भ्रमणमध्य तीन पटक उनको किमसँग भेट भयो । यी दुई असम्भव मित्र भएका छन् ।
डिसेम्बर २०१७ मा रोडम्यानले स्टेफन कोलबर्टको टिभी कार्यक्रममा आफ्नो र किमको सम्बन्धबारे चर्चा गरे । “कुनै कारणले उनले मलाई विश्वास गरे ।” रोडम्यानले भने ।

उनले ती भेटहरूमा बास्केटबलबारे गफ भएको भने । सो खेल किमको मन पर्ने खेल हो, जुन उनी स्विजरल्यान्डमा स्कुलमा रहँदा खेल्ने गर्थे । रोडम्यानले बाँकीका लागि डरका पात्र रहेका किमको आफूले फरक पक्ष देखेको बताए । 

“उनी उग्रवादी होलान् तर मैले भने त्यो पक्ष देखिन ।” रोडम्यानले भने ।

उत्तर कोरियाको आणविक कार्यक्रम सम्बन्धमा किमसँग कुनै छलफल भयो कि भनेर सोधिएको प्रश्नको उत्तरमा उनले किमले युद्ध नचाहेको बताए ।

“मलाई लाग्छ, उनी आफ्नो देशको संस्कृति साँच्चै बदलन चाहन्छन् ।” रोडम्यानले भने । “तर मलाई लाग्छ, उनी सो पदमा बस्न बाध्य पारिएको छ ।”

स्कुले साथीहरू

किमले आफ्नो जीवनको अधिकांश समय उत्तर कोरियामा बिताएको भए पनि उनले स्विजरल्यान्ड वर्न नजिक रहेको जर्मन भाषी लिवेफिल्ड–स्टेइनहोल्ज्ली स्कुलमा पढेका थिए । पूर्वस्कुले सहपाठीहरूले उनलाई असल साथीका रूपमा व्याख्या गरे ।

उनका एक स्कुले साथी जोआओ मिकाइलोले उनलाई आफूहरूले उत्तर कोरिया दूतावसका एक कर्मचारीकोे छोराका रूपमा बुझेको बताए । 

“हामीले सँगै धेरै रमाइलो गर्यौं । उनी एक असल मान्छे थिए ।” मिकाएलोले डेली विष्टसँगको अन्तरवार्ताको क्रममा भने “धेरैले उनलाई मन पराउँथे ।”

स्कुलमा उनले चिनेको केटौले किमले बास्केटबल मन पराउँथ्यो र उनीसँग नाइकका थुप्रै जुत्ताहरू थियो, मिकाएलोले भने ।

अर्का सहपाठी मार्को इम्होफले पनि उनलाई सकारात्मक रूपले सम्झिए ।

“उनी रमाइला थिए ।” इम्होफले डेली विष्टले भने । “सधैँ हँसाउने । उनी हार्न मन पराउँदैनथे । जित्नु उनका लागि धेरै महत्वपूर्ण थियो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप