शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाल मृत्युदर कम गर्ने प्रयासमा ग्रामिण महिला

सोमबार, २८ फागुन २०७४, १२ : ११
सोमबार, २८ फागुन २०७४

वीरगन्ज–पर्सा जिल्लाका गाउँघरका महिलाहरु अहिले बाल मृत्युदर कम गर्ने प्रयासमा आफै जुट्न थालेका छन् । 
गाउँघरका महिलाहरु आमा समूह, कृषक समुह, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सुनौलो हजार अन्तर्गतका महिला समूह जस्ता समुहमा आबद्ध गर्भवती महिलाहरु शिक्षित र जानकार हुँदै गएपछि गाउँमा शिशुको मृत्युदरमा समेत सुधार हुदैँ गएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाकारी दिएको छ ।
पर्सा मधवन मथवलकी एक गर्भवती महिला सिता तिमिल्सिनाले महिला समुहमा आबद्ध भई नियमति बस्ने बैठकमा गर्भावस्थामा महिलाहरुले कस्ता कस्ता कुरामा विशेष ध्यान दिनुपर्छ भनेर सधै सिक्ने गरेका कारण अहिले सजिलो भएको जानकारी दिइन् ।

यस्तै गर्भमा रहेको आफ्नो सन्तानको सुरक्षाका लागि अत्यन्तै सुझबुझका साथ औषधीका साथै खानेकुरा तथा चेकजाँचमा समेत ध्यान दिन थालेको महिलाहरु बताउँछन् । केही समय अगाडी सम्म ग्रामीण भेगका अधिकाशं महिलाहरु गर्भावस्थामा पनि आफनो खासै खयाल नगर्ने तथा चेकचाँजमा पनि ध्यान नदिने गरेका थिए । जसकारण कतिपय गर्भवती महिला तथा शिशुहरुको मृत्यु हुने गरेको थियो ।
यसैगरी अर्की महिला पर्सा खजुरीयाकी रानी देवी पहिलो बच्चा गर्भमा रहेको बेला कस्ता कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा थाहा नभएकै कारण गर्भपतन भएको पिडा सम्झिदै महिला समुहको नियमित बैठकले धेरै कुरा थाहा भएकोले अहिले गर्भमा रहेको दोश्रो बच्चाका लागि निकै सुझबुझ अपनाएको बताउँछिन् । पहिला पहिला गाउँमा रहेका गर्भवती महिला तथा उनका घरका सदस्यहरुलाई सम्झाउन बुझाउन खोज्दा पनि लाज मान्ने तथा कुरा नमान्ने गरेको गाउँमा रहेकी स्वास्थ्यस्वयम् सेवीकाले बताईन् ।
गाउँमा कार्यरत स्वास्थ्य स्वयम्सेवीका भगीयादेवी गाउँघरमा सञ्चालन भएको विभिन्न सचेतनामुलक कार्यक्रम तथा विभिन्न महिला समुहका कारण गर्भवती महिलाका साथै घरका सदस्यहरु सानो समस्या महशुश हुनासाथ सल्लाह सुझाव लिने गरेको भनाई छ ।
गाउँँघरमा पहिले अधिकाशं गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा नआई घरमै सुत्केरी गराउने गरेको तर अहिले बाल मृत्युदर तथा आमा मृत्युदर घटाउने काममा उनीहरु आफै लागेको हेल्थ पोस्ट तथा बर्थिगं सेन्टरका चिकित्सकहरुले बताए ।
हाल स्वास्थ्य चौकीमा बेला बेलामा चेकजाँच गराउने र सुत्केरी गराउन आउने महिलाहरुको संख्यामा बृद्धि हुनुका साथै गर्भावस्थामा ध्यान दिनुपर्ने विषयमा सम्झाउन नपर्ने उनीहरुले बताए ।
गाउँघरमा बस्ने महिला समुहको छलफल कार्यक्रममा बुहारी मात्रै नभई अचेल सासुहरु पनि बसेर विभिन्न जानकारी लिन थालेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
गर्भवती महिलाहरुले बेला बेलामा एक आपसमा गर्ने सामुहीक छलफलले निकै नै फाईदा पुगेको  र आगामी दिनमा उतm सामुहीक छलफल अनि बैठकलाई निरन्तरता दिदैँ आफु मात्र नभई अरु गाउँका महिलाहरुलाई पनि शिक्षित , सुरक्षित र जानकार बनाउन अठोट लिएको जनस्वास्थ्य कार्यालयले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप