शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ शाखा बेलायतले २० जना सदस्य थप्ने

सोमबार, २८ फागुन २०७४, १० : ५१
सोमबार, २८ फागुन २०७४

रोशन मेवाहाङ्ग
 

लण्डन–नेपाल पत्रकार महासंघ शाखा वेलायतले २० जनालाई नयाँ सदस्यता प्रदान गर्ने भएको छ । सो शाखाको हालै बसेको बैठकले २० जनालाई सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

नयाँ सदस्यताका लागि ५१ जनाले निवेदन दिएपनि नेपाल पत्रकार महासंघ वेलायत शाखाको विधान २०१५,नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको विधान २०६० र वैदेशिक शाखा नियमावली २०६७ को नियमावली अन्र्तगत नयाँ सदस्यता प्राप्त गर्ने विधि र कागजात पुरा नभएका कारण ३१ जना नयाँ सदस्यहरुको सिफारिसलाई थप छानविन पछि  निर्णय गरिने शाखा अध्यक्ष नरेश खपाङ्गीले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चयले फोन मार्फत सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत गर्दै सयौ शाखाहरु मध्ये वेलायत शाखा एउटा कउदाहरणीय बनिरहेको उल्लेख गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप