बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटर मोहमद शमीलाई १० वर्ष जेल हुनसक्ने

सोमबार, २८ फागुन २०७४, १० : १९
सोमबार, २८ फागुन २०७४

कोलकाता । भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर मोहम्मद शमीविरुद्ध उनकी पत्नीले उजुरी गरेपछि कोलकाता प्रहरीले घरेलू हिंसाको मामिला दर्ता गरेको छ ।

प्रहरीका अनुसार २७ वर्षीय खेलाडीमाथि हत्याको षडयन्त्र र धम्की जस्ता कानूनी धाराहरु अनुसार पनि मामिला दर्ता गरिएको छ ।

यता, बीसीसीआईले पनि आठ मार्चमा जारी गरेको राष्ट्रिय टीममा अनुबन्धित खेलाडीहरुको सूचीमा मोहम्मद शमीलाई समावेश गरिएको छैन ।

शमीले भने आफ्नो पत्नीहरुको आरोपको खण्डन गरेका छन् ।

सन् २०१२ देखि क्रिकेटका हर प्रारुपमा भारतका लागि ८७ खेल खलिसकेका शमीविरुद्ध जुन धाराहरु प्रयोग गरेर उजुरी दर्ता भएको छ, तीन साबित भए उनले १० वर्ष वा सोभन्दा बढी जेल सजाय हुन सक्नेछ ।

के–के छ आरोप ?
हसीन जहाँले गत हप्ता पति शमीमाथि अन्य महिलाहरुसँग अनैतिक सम्बन्ध राखेको र घरेलू हिंसाको आरोप लगाएकी थिइन् ।

मंगलबार हसीनले आफ्नो फेसबुकमा शमीले विवाहको चार वर्षका दौरान अन्य महिलाहरुसँग गरेको संवादको प्रमाण राखेकी थिइन् ।

उनको आरोप थियो कि शमीका कयौँ प्रेम सम्बन्धहरु रहेका छन् र उनी शरीरिक र मानसिक रुपमा शोषण गर्दै आएका छन् ।

यता, शमीले हसीनको आरोपहरुलाई खारेज गर्दै यो ठूलो षडयन्त्रको हिस्सा भएको र आफूलाई बदनाम गर्ने प्रपञ्च भएको बताएका थिए ।

उनले ट्वीट गर्दै भनेका थिए, ‘मेरो निजी जीवनबारे जे पनि भनिएको छ त्यो सबै झुठो हो ।’

हसीनले शमीका दाईमाथि बलात्कारको आरोप पनि दर्ता गरेकी छिन् ।

क्रिकेट बोर्डको स्थिति
बीसीसीआईको निगरानी समितिले शमीमाथि लगाएको आरोपले उनीहरुलाई अप्ठ्यारो स्थितिमा पुर्याएको बताएका छन् ।

समितिका अध्यक्ष विनोद रायले क्रिकेट वेभसाइट इएसपीएन क्रिकइन्फोसँग भने, ‘कसैले यसलाई व्यक्तिगत मुद्दा र अनुबन्ध व्यवसायिक मुद्दा भन्लान् । फेरि कसैले यस्तो घृणित आरोप लागेकालाई पुरस्कृत किन गरेको भनेर पनि प्रश्न गर्लान् । हामी निकै अप्ठ्यारो स्थितिमा छौँ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप