शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, २८ फागुन २०७४, ०५ : ३७
सोमबार, २८ फागुन २०७४

आजको राशिफल

बि.स.२०७४ फाल्गुन २८ गते । सोमबार । ईश्वी सन् २०१८ मार्च १२ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि दशमी,१२ घडी ५६ पला, बिहान ११ बजेर ३० मिनेट उप्रान्त एकादशी । नक्षत्र पूर्वाषाडा,९ घडी १५ पला,बिहान १० बजेर २ मिनेट उप्रान्त उत्तरषाडा । योग वरियान ३६ घडि ५१ पला,बेलुकी ९ बजेर ४ मिनेट उप्रान्त परिध । करण भद्रा,बिहान ११ बजेर ३० मिनेट उप्रान्त वव,रातको १२ बजेर ३३ मिनेट उप्रान्त वालव । 

 

आनन्दादिमा उत्पात योग । चन्द्रराशि धनु,बेलुकी ४ बजेर ४१ मिनेट उप्रान्त मकर । 

काठमाडौंमा सूर्योदय ६ बजेर १९ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १० मिनेट । दिनमान २९ घडी ३६ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बनेका योजनाहरु बौद्धिकताको कमिले लागु गर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुँनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरि मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ । बेलुकिबाट समय राम्रो रहेकोले राम्र काम गरि आम्दानि बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन रहने योग रहेकोछ ।

शुभ अंक — १

शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सानातिना घरेलु समस्याहरुले साताउँनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुँनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुँनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । साझपखबाट समयमा सुधार हुने हुनाले पढाई लेखाईमा सफलता हात लाग्नेछ । 

शुभ अंक — ३

शुभ रंग —  खरानि

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । बेलुकीपखको समय मध्ययम रहेकोले ऋण रोग तथा सत्रुको सामना गर्नुपर्नेछ ।

शुभ अंक —६

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यालयबाट हुँने व्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन खुसिले उचाई नाघ्नेछ । पढाई लेखाईमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुँनेछ भने थप ठाउँमा लगानि गर्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा शाहस तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउँन सकिने तथा नयाँ कामको थालनि गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुँनेछैन । साझपखको समय राम्रो रहकोले बिवाद तथा प्रतिष्पर्धामा नाम अग्र स्थानमा आउनेछ भने न्ययिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् ।

शुभ अंक —५

शुभ रंग —  रातो

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुँनेछ । पढाई लेखाई बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । साझपख आमासँग मनमुटाब बढ्ने योग रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग —  खरानि

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । साझपख समय राम्रो रहेकोले दाजुभाईको सहयोेग पाईने तथा आट पराक्रम बढ्ने हुनाले पराक्रमि क्रिर्याकलापहरुमा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

शुभ अंक — ४

शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुँनाले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुँनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । 

शुभ  अंक — ३

शुभ रंग —  पहेलो 

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । साझपखको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ भने नयाँ ठाउबाट कामको प्रस्ताब आउनेछ ।

शुभ अंक —२

शुभ रंग — निलो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ भने सरकारि स्रोत साधन प्रयोग गर्न पाईने योग रहेकोछ । पैत्रिक धन तथा सम्पति हातलागि हुँने योग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउँनदै आफ्नै पोल्टोमा नतिजा ल्याउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । साझपख स्वास्थ्यमा समस्या आउने योग रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग — हरियो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुँनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ४

शुभ रंग — पहेलो 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप