शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन पेन्ट्सको कार्यक्रममा सम्पन्न

आइतबार, २७ फागुन २०७४, १९ : ००
आइतबार, २७ फागुन २०७४

काठमाडौं–अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एसियन पेन्ट्स नेपालले एक भव्य कार्यक्रमको आयोजना गरेको छ ।  अन्तर्राष्ट्रिय महिला दिवस २०१८ को अवसरमा उक्त कम्पनीले “शक्तिरुपेण संस्थिता” नारासहित उक्त कार्यक्रममा भव्यताका साथ सम्पन्न गरेको हो । 

उक्त कार्यक्रमको उद्देश्य सामाजिक विभेद विरुद्ध आवाज उठाएका र विपन्नता भएकाहरुको जीवनस्तर उकास्न संघर्ष गरिरहेका महिलाहरुलाई सम्मान दिनु रहेको जनाइएको छ ।  कार्यक्रममा नारी हक हितका लागि जागरुक हुने व्यक्तित्व र संघ संस्थाहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

पुरस्कृत हुनु हुनेहरुमा शान्ति फाउण्डेसनको तर्फबाट सन्जमाया तामाङले डायमण्ड अवार्डका साथ नगद रु.(१,००,०००) नगदपुरस्कार प्राप्त गरेकी छन् भने ओरेक नेपालकी कमला दनुवार र रक्षा नेपालकी मुना नेपाली स्वर्ण अवार्डको पुरस्कारबाट सम्मानित भए ।  त्यस्तै रजत अवार्डद्वारा पौरखी नेपालकी मन्जु गुरुङ, नारी सचेतना केन्द्र नेपालकी प्रतिभा सुवेदी र महिला फाउण्डेसन नेपालकी रेणु शर्मा पुरस्कृत भएकी थिइन् । 

यसैगरी शिवानी क्षेत्री, शशिदेवी भट्ट, शारदा रिजाल र सिर्जना अधिकारीलाई क्रमशः रु.२५ हजार नगद पुरस्कारसँगै ताम्र अवार्ड प्रदान गरिएको थियो । पुरस्कारका लागि मनिषा कोइराला, इन्दिरा रानामगर र अस्मिना रञ्जित निर्णायक मण्डलमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप