प्रधानमन्त्री ओलीलाई २०८ मत, विश्वासको मत प्राप्त
आइतबार, २७ फागुन २०७४, १८ : ४७
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको छ भने विपक्षमा ६० मत प्राप्त भएको छ ।
बैठकमा जम्मा २६८ जना सांसदहरुको उपस्थिति रहेको थियो । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीले प्राप्त गरेको मत सांसदहरुको संख्याको बहुमत भएको बताउँदै उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले,माओवादी केन्द्र,राजपा, संघीय समाजवादी फोरम,राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मत हालेका थिए भने विपक्षमा नेपाली कांग्रेसका सांसदहरुले मत हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण