प्रधानमन्त्री ओलीलाई २०८ मत, विश्वासको मत प्राप्त
आइतबार, २७ फागुन २०७४, १८ : ४७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको छ भने विपक्षमा ६० मत प्राप्त भएको छ ।
बैठकमा जम्मा २६८ जना सांसदहरुको उपस्थिति रहेको थियो । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीले प्राप्त गरेको मत सांसदहरुको संख्याको बहुमत भएको बताउँदै उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले,माओवादी केन्द्र,राजपा, संघीय समाजवादी फोरम,राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मत हालेका थिए भने विपक्षमा नेपाली कांग्रेसका सांसदहरुले मत हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता