शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वान प्लसले आफ्नो सिस्टम अपग्रेड गर्यो

आइतबार, २७ फागुन २०७४, १८ : ३६
आइतबार, २७ फागुन २०७४

काठममाडौं– वान प्लस स्टार्ट अपले भर्खरै एन्ड्रोइड भर्सनको नयाँ ओरियो सिस्टम अपग्रेड गरेको छ । कम्पनीका अनुसार वान प्लस ५टी, वानप्लस ५, वानप्लस ३टी र वानप्लस ३ मा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिने जनाइएको छ ।  वानप्लस विश्वमै नबिनतम प्रविधिसँग जोडिन हरेक क्षण काम गर्दै आएको समेत जनाइएको छ । कम्पनीले वानप्लस ३ र ३ टी २०१६ मा विश्व बजारमा ल्याएता पनि अहिले आएको नयाँ अप्रेटिङ सिस्टमले यसमा सर्पोट गर्ने कम्पनीको दाबी छ ।

वानप्लस ३ टी र वानप्लस ५ मा फेस अन्लक सुविधा उपलब्ध गराइएको छ । फेस अन्लकमा १०० भन्दा धेरै युनिक फिचरको सहयाताले वानप्लस ५ र वानप्लस ३ टी खोल्न सकिनेछ । यी फोनहरुमा अगाडिको क्यामेराको सहयताले काम गर्ने समेत कम्पनीले जनाएको छ ।  यसको प्रयोग फिङगर प्रिन्टस्को सहयाता लिदा निकै धेरै समय लाग्ने भएकाले छिटोगर्न गरिनेछ, यसको प्रयोगबाट ०.०७ सेकेन्डमा मोवाइल अनलक हुनेछ ।  
फेसअनलक सिस्टम वानप्लस ५टी, वानप्लस ५ र वान प्लस ३टीमा बजारमा उपलब्ध स्मार्टफोन मध्ये सबैभन्दा छिटो खुल्ने छ । वानप्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’को डिजाइन सुबिधा र अनुकुलता सहित परिमार्जन गरिएको छ । जसको प्रयोगबाट प्रयोगकर्ताले भिन्न अनुभब गर्न सक्ने कम्पनीको दाबी छ ।  

वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरे अनुसार सर्वसुलभ मुल्यमा.फ्याग्सीप स्मार्टफोन ल्याउने वान प्लस पहिलो कम्पनी हो । सुरुका दिनदेखीनै वान प्लसले एकद्धार प्रणालीमार्फत बिक्री वितरण गर्दै आइरहेको छ । जहाँ ग्राहकहरुले निश्चित समयमा गरिद गर्ने गरेका छन् । बिगतमा कम्पनीले बाहिरपनि स्मार्टफोनको बिक्री गर्ने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप