शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रजनीकान्तसँग छेउमा बस्दा बढ्यो कुकुरको भाउ, ४ करोडसम्म तिर्न फ्यान तयार

आइतबार, २७ फागुन २०७४, १७ : ४७
आइतबार, २७ फागुन २०७४

मुम्बई । निर्देशक पीए रञ्जीतको चलचित्र ‘काला’ २७ अप्रिलका दिन रिलिज हुँदैछ । यो चलचित्रको टिजर केही दिन अघि आएको थियो ।

चलचित्रको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो जसमा सपुरस्टार रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ ।

अहिले सो कुकुरलाई किन्नका लागि रजनीकान्तका फ्यानहरुको ताँती लागेको छ । अहिले कुकुरका लागि उनीहरु ४ करोड रुपैयाँसम्म तिर्न तयार देखिएका छन् ।

व्यवसायिक कुकुर प्रशिक्षक साइमनका अनुसार जब मलेसियामा रहेका रजनीकान्तका फ्यानहरुले ‘काला’ को पोष्टरमा रजनीकान्तको छेउमा मणि नाम गरेको कुकुरको देखे, उनीहरु उसलाई किन्नका लागि करोडौँ रुपैयाँ तिर्न हानथाप गरिरहेका छन् ।

साइमन भन्छन्, ‘केही मानिसहरु यस कुकुरका लागि दुई करोड देखि चार करोड रुपैयाँसम्मको अफर गरिरहेका छन् ।’

तर, आफूले मणिलाई आफ्नो बच्चा जसरी पालेको हुँदा ती अफरहरु ठुक्राएको उनले बताए । ‘कसैले आफ्नो छोराछोरीको लिलामी गर्छ र ?’ उनी भन्छन् ।

मलेसियामा पनि रजनीकान्तको थुप्रै फ्यानहरु रहेका छन् । रजनीले त्यहाँ काबालीसहित कयौँ चलचित्रको सुटिङ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप