शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अजय बन्नेछन् कपिलको नयाँ शोको पहिलो पाहुना

आइतबार, २७ फागुन २०७४, १७ : ३१
आइतबार, २७ फागुन २०७४

मुम्बई – कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’का साथ देखिँदै छन् । उनको यो कार्यक्रम २५ मार्चबाट सोनी टिभीमा सुरु हुँदैछ । कपिलले यो शोको पहिलो गेस्ट अजय देवगन बनाउने भएका छन् ।

अजयले यो कार्यक्रममा आफ्नो आउँदो चलचित्र ‘रेड’को प्रमोशन गर्नेछन् । जुन चलचित्र १६ मार्चमा रिलिज हुँदैछ । यस अगाडि गतबर्ष अजय कपिलको ‘द कपिल शर्मा शो’मा चलचित्र ‘बादशाओ’ लिएर पुगेका थिए । तर कपिल शर्माले शोको सुटिङ रद्द गर्दिएकोले अजय रिसाएका थिए ।
 
केही मिडियाले यो घटनाको अजय र कपिल बिच मनमुटाव शीर्षकमा अनेक समाचार समेत बनाएका थिए । समाचारमा अजयले कपिलको शोमा कहिलै नजाने फैसला गरेको समेत भनिएको थियो । तर केही समय पछि अजयले कपिलका साथ आफ्नो केही गुनासो नभएको समेत बताएका थिए ।

खबरका अनुसार कपिलले अजयका साथ कार्यक्रमको प्रोमो समेत छायाँकन गरेका छन् । प्रोमोमा देखाइएको छ कपिल अजयलाई शोमा नित्याउन फोन गर्दछन् । तर अजय शोमा आउन तयार हुँदैनन् । केही समयपछि अजय शोका लागि फेरि राजी हुन्छन् । अहिलेको शोमा कीकु शारदा फिमेल गेटअपमा रहने छन्, भने चन्दन प्रभाकर साथीको भूमिकामा हुनेछन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप