बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

योग प्रेमी अभिनेत्रीहरु

आइतबार, २७ फागुन २०७४, १७ : २२
आइतबार, २७ फागुन २०७४

मुम्बई । बलिउडका सबै अभिनेत्री आफ्नो फिटनेशमा निकै ध्यान दिने गर्दछन् । यस कारणले पनि उनीहरु दर्शकको प्रिय बन्न सकेका हुन् । फिटनेशका कारणले उमेर ४० नाघेका पनि २० वर्षीया जस्तो सुन्दर र आकर्षक देखिने गरेका छन् । बलिउडका प्रायः अभिनेत्रीको दिनको सुरुवात योगाबाट हुने गरेको छ । जसका कारण पनि उनीहरु सबैको प्रिय बन्न सफल छन् । ति अभिनेत्रीको चर्चा आज गर्न खोजिएको छ, जो योग रुचाउने गर्दछन् । 
 
शिल्पा शेट्टी : 
योगको कुरा गर्दा सबैभन्दा अगाडि अभिनेत्री शिल्पाको नाम आउने गर्दछ । आफ्नो फिटनेशको पूरै श्रेय उनी योगलाई नै दिने गर्दछिन् । शिल्पाले केही समय पहिले योग शिक्षासम्बन्धि डिभिडीमा पनि लन्च गरेकी थिइन् । जसबाट धेरैले लाभ उठाउन सक्नेछन् । 

मलाईका अरोडा :
मोडल तथा आइटम डान्सर मलाइका बलिउडकी सबैभन्दा फिट आमा भन्दा फरक पर्दैन । आज पनि उनी फिटनेशको कारणले सुन्दरताको मामिलामा नव अभिनेत्रीलाई टक्कर दिन सक्दछिन् ।

करीना कपुर खान :
करीना एक बच्चाको आमा बनेपछि पनि छिट्टै आफ्नो पूरानो सेपमा फर्किएकी छन् । यसको सबैले तारिफ गरेका छन् । उनी यसको श्रेय योगालाई दिने गरेकी छन् । उनी योग गर्दैगर्दै समेत आकर्षक देखिने तस्बिरबाट अनुमान लगाउन सकिन्छ । 

ज्याकलिन फर्नान्डेज:
श्रीलंकाकी सुन्दरी ज्याकलिन पनि अलग–अलग स्टाइलमा योग गर्दै गरेको देखिने गरेकी छन् । उनको योगमा स्टाइल समेत बलिउडमा पपुलर रहेको छ । 

सन्नी लियोनी :
एडल्ड उद्योगबाट बलिउड प्रवेश गरेर नाम र दाम दुवै कमाउन सफल अभिनेत्री सन्नी पनि निकै सुन्दर रहेकी छन् । उनी आफ्नो सुन्दरताको पुरै श्रेय उनी योगलाई दिने गर्दछिन् ।  

रानी मुखर्जी :
पछिल्लो केही समययता रानीको फिल्मी यात्रा राम्रो चलेको छैन । अहिले उनी आफ्नो फिटनेशमा लागि परेकी छिन् । यसका लागि उनले ट्रेनरको मद्दत पनि लिएकी छन् । उनी पनि योगमा रमाउने गर्दछिन् । आफूलाई फिट बनाएर छिट्टै अभिनयमा उनी फर्किएको आश गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप