बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब दिउँसै रात बन्यो काठमाडौँ (फोटो)

आइतबार, २७ फागुन २०७४, १६ : ५३
आइतबार, २७ फागुन २०७४

काठमाडौँ । स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकाका कतिपय स्थानमा  वर्षा भइरहेको छ । 

स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ । 

आज पनि दिउँसोपख मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ ।

पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ ।

तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप