शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोक्सीको आरोपमा कुटपिटमा परेकी राधाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

आइतबार, २७ फागुन २०७४, १६ : ४५
आइतबार, २७ फागुन २०७४

धनगढी– प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।  सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी २० वर्षीया राधा चौधरीलाई आज भेटेर उनको स्वास्थ्य उपचारबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले पीडकलाई कानूनअनुसार कारबाही गरिने बताए । 

“यो विकृति हो, यस्ता घटना दोहोरिन नदिन पीडकलाई कारबाही गर्नैपर्ने हुन्छ,” उनले भने ।  यसैगरी सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले घोडाघोडी नगरपालिकाका प्रमुख एवं एमालेका नेता ममताप्रसाद चौधरीले उक्त घटनालाई गाउँमै मिलापत्र गराएर लुकाउन खोजेको भन्ने आरोपका सम्बन्धमा छानबिन गरी दोषी ठहर भएमा उहाँमाथि कारबाही गरिने बताए । 

ती युवतीमाथि बिहीबार कुटपिट गरिएको थियो । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीयवासी रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै उपचारका क्रममा कुटपिट गरेका थिए । रामबहादुरसहित उनको झारफुकको काममा सघाउने सोही ठाउँकी कृष्णमति चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

आज उनीहरु विरुद्ध मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए । भोले बाबाका नामले समेत चिनिने रामबहादुर गाउँमा लामो समयदेखि धामीझाँक्री ९बैद्य०को काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी सहायक निरीक्षक दिनेश विष्टले त्यस दिन गाउँमा अचानक छ ÷सातजना युवतीमा बेहोस् हुने समस्या देखिएकोमा तीमध्ये दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पु¥याउनु परेको बताए । 

रामबहादुरले बेहोस् भएकीमध्ये राधा चौधरीलाई झारफूक गरी निको पार्ने भन्दै झारफूकका क्रममा बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित युवतीले बताएकी छन् । राधाको अवस्था खतारमुक्त रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप