शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वासको मत लिँदै प्रधानमन्त्री, हेर्नुहोस् संघीय संसदका २७ तस्विर

आइतबार, २७ फागुन २०७४, १६ : ०४
आइतबार, २७ फागुन २०७४

काठमाडौं । प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूचि छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ । 

एमाले अध्यक्ष केपी ओली माओवादीको समर्थनमा फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

एमाले र माओवादीले बामगठबन्धन बनाएर संयुक्त चुनाव लडेका थिए । 

प्रतिनिधिसभाको बैठक जारी रहेको छ । 

यसअघि, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । 

संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप