शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा पर्यटकका लागि आकस्मिक स्वास्थ्योपचार सेवा सुरु

आइतबार, २७ फागुन २०७४, १४ : २६
आइतबार, २७ फागुन २०७४

भक्तपुर– यहाँ आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु भएको छ ।  भक्तपुर पर्यटन विकास समिति र डा.इवामुरा अस्पतालबीच आज सोसम्बन्धी सम्झौता भएको हो । सम्झौतानुसार अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, विषाक्त खानालगायतको आकष्मिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए ।

उनका अनुसार पर्यटकका लागि आकष्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इवामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरेको ।  पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा पर्यटक थप आकर्षित हुने विश्वास व्यक्त गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप