शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ४: विधायन समितिमा सदस्य चयन

आइतबार, २७ फागुन २०७४, १४ : २२
आइतबार, २७ फागुन २०७४

पोखरा– प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले विधायन समितिमा सदस्य चयन गरेको छ ।  बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित बनाउन सो समितिमा मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्ती मगर र धनमाया लामाको नाम प्रस्ताव गर्नुभएकामा सर्वसम्मत अनुमोदन गरिएको थियो । 

बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गरे । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप