शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी पनि मानसिक समस्या, तपाईंमा पनि छ कि ?

आइतबार, २७ फागुन २०७४, १४ : २२
आइतबार, २७ फागुन २०७४

डा. प्रदीप पाण्डे न्युरोलोजिस्ट

नेपालमा मानसिक समस्या भन्नेबित्तिकै पागलपन भन्ने गलत बुझाइ छ । जसका कारण समस्याबारे थाहा हुँदाहुँदै पनि कैयौँ मानिस मनोचिकित्सककहाँ पुग्न हिच्किचाउँछन् । किनकि, उसलाई समाज, साथीभाइ र परिवारका सदस्यले हेयको दृष्टिले हेर्छन् भन्ने ठूलो तनाव हुन्छ । जसले गर्दा रोग थप बल्झँदै जान्छ । त्यसैले यस्तो समस्यामा ध्यान पु-याउन जरुरी हुन्छ :

यस्ता व्यक्तिलाई मानसिक रोग 
जाँड, रक्सी, चुरोट, गाँजाको प्रयोग गर्ने व्यक्तिमा मानसिक समस्या हुने अत्यधिक सम्भावना हुन्छ ।

त्यस्तै, नशाको रूपमा ट्याबलेट, इन्जेक्सन प्रयोग गर्नेहरूमा पनि मानसिक समस्याको प्रबल सम्भावना हुन्छ ।

त्यस्तै, टाउकोमा चोटपटक लाग्दा, एचआइभी, टाउको दुखाइ, मुभमेन्ट डिसअर्डरका कारण पनि मानसिक समस्या निम्तिने हुन्छ ।

बाल्यावस्था, वयस्क र प्रौढ अवस्थामा हुने मानसिक समस्या फरक–फरक हुन्छन् । त्यस्तै, प्यारालाइसिसले जन्माउने मानसिक समस्या पनि हुन्छ ।

अवस्था
मानसिक समस्या भएका व्यक्ति बढी भावनामा बहने, निराश हुने, खुसी देखिने, दुःखी हुनेलगायतका गतिविधि गर्छन् । मानसिक समस्या भएका कतिपय व्यक्ति निकै छटपटाउने गर्छन् ।

शारीरिक सम्पर्क, व्यक्तित्व, एडजस्टमेन्टसम्बन्धी समस्या देखिने पनि मानसिक समस्या हुन सक्छ । कतिपय मानसिक रोगीलाई पटक–पटक आत्महत्याको भावना आउने गर्छ ।

नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप