शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजु र बसन्तकोे रजत जयन्तीको कोसेली ‘फुल भन्दा कमी छैन’

आइतबार, २७ फागुन २०७४, १३ : ४६
आइतबार, २७ फागुन २०७४

काठमाडांै– संगीतिक यात्राले २५ औं बसन्त पार गरेको उपलक्ष्यमा संगीतकार राजु सिंह र गीतकार बसन्त वित्यासी थापाले रजत जयन्तीको अवसर पारेर बोलको गीत भिडियोसहित सार्बजनिक गरेका छन् ।  
सार्बजनिक भिडियोमा गणेश अग्रवाल, साधना शर्माको अभिनय रहेको छ, भने राजेश पायल राईको स्वर, राजु सिंहको संगीत तथा बसन्त वित्यासी थापाको शब्द तथा प्रदिप श्रेष्ठको एरेञ्ज छ । सञ्जय पाण्डेले निर्देशन गरेको यो भिडियोलाई सुरेश बज्राचार्यले खिचेका हुन् ।

मिलाप मासिकले आयोजना गरेको भिडियो विमोचन कार्यक्रममा कलाकार उत्तम केसीले सांगीतिक यात्राको २५ वर्ष पार गर्न सफल भएकोमा बधाइ दिदै नयाँ गीतको सफलताको लागि शुभकामना दिए । 

कार्यक्रममा बोल्दै संगीतकार राजु सिंहले आफ्नो सांगीतिक करियरमा नजरको दोषि बनि, रित्तो सडक जस्ता वित्यासीका गीतले ट्रनिङ पोइन्ट ल्याएको बताए । उनले २५ वर्षे यात्रामा धेरै उतार चढाव आए पनि वित्यासीसँगको मित्रता जस्ताको तस्तै रहेको बताए ।  राजु सिंह र बसन्त वित्यासीका सहकार्यमा एल्वम अविरल, ठुल्नानी, मित्रता, अनुरोध, गहना, दर्शक सार्बजनिक भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप