शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माटोको ढिस्कोले पुरिएर स्काभेटर सह–चालकको मृत्यु

आइतबार, २७ फागुन २०७४, ११ : ४९
आइतबार, २७ फागुन २०७४

बैतडी । माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

गए राति दशरथचन्द नगरपालिका–२ हल्लेक–कुणीभिटा ग्रामीण सडक निर्माण गरिरहेका बेला एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ । प्रतिघण्टाको हिसाबले पारिश्रमिक पाइने भएकाले राति पनि सडक निर्माणको काम गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

स्काभेटर प्यूठान झुमितका २९ वर्षीय डम्बर नगरकोटी स्काभेटर चलाइरहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप