बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

आइतबार, २७ फागुन २०७४, ११ : ३५
आइतबार, २७ फागुन २०७४

लहान । पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना३ख ५१४५ नंको ट्रकमा स३प ४८५० नंको मोटरसाइकल आज बिहान ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृतक चालक लहान नगरपालिका–१७ गोविन्दपुर निवासी ३६ वर्षीय मो।सादिर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मो. सादिरकोे लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप