बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोना ओमनद्वारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न

आइतबार, २७ फागुन २०७४, ०९ : ५५
आइतबार, २७ फागुन २०७४

काठमाडौं– ओमन म्याग्दी प्रवासी संघ (मोना ) ओमन द्वारा आयोजित भलिबल प्रतियोगिता मार्च ०९ तारिख शुक्रबारको दिन ओमनको मस्कट गोब्रा पावर पलान्ट खेल मैदानमा सम्पन्न भएको छ । 
 उक्त प्रतियोगितामा म्याग्दी प्रवासी संघ, तमु समाज, गुल्मी समाज, बाग्लुङ समाज,नेस्टो ,ठकुरी समाज, मगर समाज,लुलु क्लब,नवलपरासी समाज तथा ओमनमा सक्रिय विभिन्न संघ सस्था तथा क्लब टिमको सहभागिता रहेको थियो । 
संस्था स्थापन पछि मोनाले पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गरेको हो । फाइनल खेल लुलु क्लबर दर्शन ठकुरी बिच भएको थियो । दर्शन ठकुरीलाई एकको विरुद्ध दुइ सेट आफ्नो हात पार्दै लुलु क्लब प्रथम हुन सफल भएको थियो ।

प्रथम हुने टिमले नगद ८१ ओमनि रियल, कप, मेडल र प्रमाणपत्र प्राप्त ग।्यो भने द्धितिय हुने टिमले नगद ६१ ओमनी रियल, कप, मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडीको पुरस्कार मिलन ठकुरीले पाए । 
ओमनमा रहेका संघसंस्थाको बाक्लो उपस्थितमा खेल निकै प्रतिस्पर्धा र रोचक भएको थियो । 

पुरस्कार वितरण प्रमुख अतिथि एन आर एन सोसल क्लबका ओमनका अध्यक्ष दिपक श्रेष्ठ,संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा,सल्लाहकार प्रेम गरुङ्ग,उपाध्यक्ष गणेश चोखाल,उपाध्यक्ष धनबहादुर छन्त्यालले गरेका थिए भने कार्यक्रम संचालन गणेश चोखालले गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप