शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित चार पक्राउ

शनिबार, २६ फागुन २०७४, १७ : ५१
शनिबार, २६ फागुन २०७४

निकेश खनाल
 

बर्दिबास । बर्दिबास प्रहरीले शनिबार महोत्तरीको बर्दिबासबाट मोटरसाइकल चोरी गर्ने चार जना सहित ३ मोटरसाइकल पक्राउ गरेको छ । 

प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई मोटरसाइकल सहित घरबाटै पक्राउ गरेको हो ।

 मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर घरमा लुकाई राखेको ना ८ प ७७३५ नम्बरको अपाचे, ना३०प ७६३१ नम्बर र बा२९प ४६४८ नम्बरको पल्सर मोटरसाइकल सहित हरीवन नगरपालिका ३ बस्ने वर्ष १८ का रमेश कुश्वाहा, सोही वडा बस्ने वर्ष २० का सरोज कुमार महतो, हरीवन नगरपालिका वडा नं २ बस्ने बर्ष २०को नागेन्द्र महतो र सोही नगरपालिका वडा नं १ घर भएका वर्ष १८ का सञ्जय महतो रहेका छन् । 

उनीहरुले लामो समयदेखी बर्दिबासका विभिन्न ठाँउबाट मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी बिक्री गर्ने गरेको बताइएको छ । निज अभियुक्तको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

गत भदौ महिनादेखि हालसम्म बर्दिबासमा १२ वटा मोटरसाइकल चोरीका  घटना प्रहरीमा उजुरी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप