शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले कसरी अस्ट्रेलियालाई कठपुतली राज्यमा बदल्दैछ ?

शनिबार, २६ फागुन २०७४, १० : ३४
शनिबार, २६ फागुन २०७४

एजेन्सी–‘चिनियाँ सरकारले आफ्ना स्थानीय एजेन्टको सञ्जालमार्फत अस्ट्रेलियाको सार्वभौमिकतामाथि हस्तक्षेप गरिरहेको छ’ भनेर दावी गरेको पुस्तकले अष्टेलियामा विवाद श्रृजना गरेको छ ।

‘साइलेन्ट इन्भेजन : हाउ चाइना इज टर्निङ्ग अस्ट्रेलिया इन्टु अ पपेट स्टेट (मौन हस्तक्षेप : चीनले कसरी अष्ट्रेलियालाई कठपुतली राज्यमा बदल्दैछ)’ भन्ने पुस्तकले मानिसलाई पक्ष र विपक्षमा विभाजित गरिदिएको छ ।

केहीले चीनको प्रभावबारे बहसलाई स्वागत गरेका छन् भने अर्का थरीले यसले जातिवादी भावना फैलाउन सक्ने डर व्यक्त गरेका छन् ।

अष्ट्रेलियन प्राध्यापक क्लिभ ह्यामिल्टनले लेखेको किताबमा बेइजिङको हात अष्ट्रेलियाको राजनीति, व्यापार, शिक्षा र धार्मिकसमूहसम्म पुगिसकेको दावी गरिएको छ ।

चीनले विगत केही समयदेखि भइरहेको यस्तो आरोपलाई ‘हौवा’ भनेर पन्छाउन गरेको छ ।

अघिल्लो हप्ता प्रकाशित हुनु अघिनै किताब चर्चामा आइसकेको थियो ।

अघिल्लो वर्ष ‘व्यापक कानुनी परामर्स’पछि प्रकाशक एलेन र यूवीन सो किताव प्रकाशन गर्नबाट पछि हटेको थियो ।

ह्यामिल्टनले बेइजिङको रिसमा परिने डरमा यसो गरिएको आरोप लगाएका थिए ।

ह्यामिल्टनका अनुसार त्यसपछि पनि अन्य दुई प्रकाशकले यस्तै चिन्ता व्यक्त गरेर सो पुस्तक प्रकाशन गर्न अस्वीकार गरे ।

किताब अष्ट्रेलियामा चीनको प्रभावबारे वृहद रुपमा भइरहेको बहसमा पछिल्लो कडी हो ।

प्रधानमन्त्री माल्कोम टर्नबुलले अघिल्लो वर्ष बाह्य हस्तक्षेपविरुद्ध अभियान सार्वजनिक गर्दा चीनको प्रभावको बारेमा अत्यासलाग्दो रिर्पोट पाएको बताएका थिए ।

तर टर्नबुलले आफ्नो कारबाही कुनै एक देशप्रति लक्षित नभएको बताएका थिए ।

अक्टोबरमा अष्ट्रेलियाको निजामती सेवाका विदेश मामला प्रमुख फ्रान्स एडामसनले अष्ट्रेलियन विश्वविद्यालयहरुलाई तिनभित्र चीनले पार्न खोजेको प्रभावबारे सचेत हुन आग्रह गरेका थिए ।

फेरफाक्स मिडियाको अनुसार अस्ट्रेलियाली सांसदहरुले हमिल्टनको किताबलाई संसदको विशेषाधिकार प्रदान गरेर प्रकाशन गरिदिनेबारे चासो देखाएका थिए ।

तर, अन्तिममा पुस्तक छाप्न एक व्यापारिक प्रकाशक तयार भयो ।

प्रकाशन भएपछि केही चिनियाँ मुलका अष्टे«लियनले पुस्तकलाई ‘भय प्रचारक’ भनेका छन् ।

अष्ट्रेलियाका नश्लिय विभेद नियन्त्रण गर्ने अधिकारीले पनि यसले चीन विरोधी नश्लिय भावना बढाउने चेतावनी दिएका छन् ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यीङ्गले किताबलाई ‘द्वेषी भावना फैलाउने’ र ‘अपमानजनक’ भनेकी छन् ।

अन्य प्रमुख अबलोकनकर्ताले भने किताबको प्रतिरक्षा गरेका छन् ।

किताबमा लगाइका प्रमुख आरोप
प्रो.ह्यामिल्टनले दावी गरेका छन् ‘निरङ्गकुश मुलुक चीन अष्ट्रेलियालाई दमन गर्न तल्लिन छ ।’

र यी दुई देशका सम्बन्ध देखाउन ह्यामिल्टनले फिल्म गडफादरका पात्र माफिया प्रमुख डन कार्लिओनविरुद्ध स्काउट उभिएजस्तो भनेका छन् ।

‘चीन संसारमाथि नै अधिपत्य चाहन्छ । उसले अष्ट्रेलिया र न्यूजील्याण्डलाई पश्चिमी शक्तिहरुमाथि अधिपत्य जमाउनु अघिको अभ्यासस्थल बनाइरहेको छ।’ सार्वजनिक नैतिकताका प्राध्यापक रहेका ह्यामिल्टनल लेखेका छन्।

ह्यामिल्टनले किताबमा बेइजिङ्गले जानि–बुझि अष्ट्रेलियामा रहेका आफ्ना ‘डायास्पोरा’लाई जासूसमा भर्ति गरेर व्यवसाय, शिक्षालय र अन्य वृतमा घुसाएको लेखेका छन् ।

त्यस्तै किताबमा गरिएको अन्य दाबी छन्
 

राजनीति–ह्यामिल्टनले अष्ट्रेलियाका प्रमुख दुई ठूला पार्टी चिनियाँ स्वार्थसमूहसँगको सम्बन्धमा डुबिसकेकाले उनीहरु चीनको विरुद्धमा केही बोल्दैनन् आरोप लगाएका छन् ।

सामूदायिक समूह – किताबमा दावी गरिए अनुसार अष्ट्रेलिया बसोबास गर्ने चिनियाँ समूह सम्पूर्ण रुपमा चीन सरकार समर्थित अभियानकर्ताको चँगुलमा पारिसकेका छन् ।

ह्यामिल्टनको अनुसार यी समूहलाई चीनको दूताबासबाट सहयोग आउछ र यी समूहलाई बेइजिङ्गले आफ्ना प्रोपागाण्डा अष्ट्रेलियन राजनैतिज्ञसम्म पु¥याउन प्रयोग गरिरहेको छ ।

अनुसन्धान – लेखकले केही चिनियाँ–अष्ट्रेलियन वैज्ञानिकहरु र प्राध्यापकहरुले चीनका विश्वविद्यालयसँग आफ्ना खोजहरुको निष्कर्ष बाढ्ने गरेको आरोप लगाइएका छन् ।

ह्यामिल्टनले बीबीसीसँगको कुरामा आफ्ना दावीहरु पुष्टी गर्ने प्रशस्त स्रोेतहरु भएको र तीनलाई आफूले पुस्तकको सन्दर्भग्रन्थमा दिएको बताए ।

अघिल्लो वर्ष अष्ट्रेलियाको गुप्तचर सस्थाले चिनियाँ समूदायको नाम उल्लेख नगरी अष्ट्रेलियामा रहेको ‘जातिय समूह’ गोप्य प्रभाव विस्तारमा प्रयोग भइरहेको रिपोर्ट जारी गरेको थियो ।

डिसेम्बरमा एक सिनेटर स्याम दस्त्यारीलाई चिनियाँ व्यापारीसँगको सम्बन्धका कारण राजीनामा गर्न लगाइएको थियो ।

टर्नबुलले सो व्यापारीको चिनियाँ सरकारसँग नजिकको सम्बन्ध भएको बताएका थिए ।

टर्नबुलले विदेशी प्रभावविरुद्ध शुरु गरेको अभियानले सम्पूर्ण विदेशी अनुदानलाई प्रतिवन्ध लगाएको छ ।

र राजनैतिक ‘लविङ’ गर्नेहरुलाई कुनै विदेशी सँस्थासग सम्बन्ध भएको–नभएको पहिले नै दर्ता गर्न निर्देशन दिइएको छ ।

चिनियाँ दूतावासले आफूहरुले अष्ट्रेलियाको राजनीतिमा प्रभाव पार्न नखोजेको प्रतिक्रिया दिएको छ ।

अघिल्लो वर्ष उसले विश्वविद्यालयमा चिनियाँ विरोधी गतिविधि देखिएपछि अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सचेत गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप