शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ प्रेमालाप गर्न सरकारले प्रेमी जोडीलाई उपलब्ध गराउनेछ सस्तो कोठा

मङ्गलबार, २० असार २०७४, १० : ४०
मङ्गलबार, २० असार २०७४

बीबीसी

क्यूबाको राजधानी हवानामा प्रशासनले होटलका त्यस्ता नेटवर्कलाई पुनः बहाल गरिने बताएको छ जसमार्फत प्रेमी जोडीलाई केही घण्टाका लागि सस्तो भाडामा कोठा उपलब्ध गराइनेछ ।

यस्ता ‘लभ होटल’ लाई सरकारले चलाउँथ्यो । सन् १९९० को दशकमा जब क्यूबा आर्थिक संकटको परेको थियो तब यस्ता होटललाई समुन्द्री आँधीबाट बच्नका लागि आश्रयगृहमा परिवर्तन गरिएको थियो ।

तर यस्तो सरकारी व्यवस्था समाप्त भएपछि नीजि घर मालिकले प्रेमी जोडीको आवश्यकता पूरा गर्ने कोसिस गरे, तर उनीहरुले धेरै पैसा लिने गर्दथे ।

यस्ता होटललाई क्यूबामा ‘पोसारस’ भनिन्छ । सरकारको भनाई अनुसार प्रेमी जोडीलाई प्रेम सम्बन्ध स्थापित गर्न कुनै समस्या नहोस् भन्नका लागि सरकारले सस्तो कोठा उपलब्ध गराउन लागेको हो ।

सामान्य रुपमा सरकारी व्यवस्थाबाट भिन्न जुन कोठा हुन्थ्यो त्यसमा एसी, एउटा फ्रिज र आरामदायी बेडको सुविधा हुन्थ्यो । उक्त कोठा तीन घण्टाका लागि उपभोग गर्दा पाँच डलर तिनुपर्ने हुन्छ । तर क्यूबामा मानिसहरुका लागि यो निकै महँगो साबित भयो । यो क्यूबाका नागरिकको औसत तलब (२९.६० डलर) को छैटौं हिस्सा हो ।

यति धेरै रकम क्यूबाका धेरैजसो नागरिकको हैसियतभन्दा बाहिर छ । हवानामा प्रान्तिय हाउजिङ कम्पनीका अधिकारीका अनुसार यो नयाँ नेटवर्क सस्तो हुनेछ र भीडभाडयुक्त शहरमा ती प्रेमी जोडीलाई मद्दत गर्नेछ जसले कोठा पाउँदैनन् ।

हवानामा सम्बन्धविच्छेद भइसकेका मानिसहरु धेरैजसो कतै जान पाउँदैनन् किनभने शहरमा घरको कमीका कारण उनीहरु सँगै बस्न बाध्य हुन्छन् । अधिकारीका अनुसार नयाँ नेटवर्कबाट एउटा सस्तो विकल्प पाइनेछ र शहरमा ‘लभ मेकिङ सेसन’ सुगम हुनेछ ।

हवानामा प्रेमी जोडी धेरैजसो पार्क, समुन्द्री तट र प्रसिद्ध मैलाकेन सिफ्रन्टमा प्रेमालाप गरिरहेको देख्न सकिन्छ । हवानामा एक पत्रिकाका टिप्प्णीकारले याद गर्दै प्रेमी जोडीका लागि यस्तो प्रकारको व्यवस्था क्यूबामा पहिलो पटक १९ औं शताब्दीमा लागू गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप