शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो दाइजो प्रथाबिरुद्धको ‘भोर’

शुक्रबार, २५ फागुन २०७४, १७ : १०
शुक्रबार, २५ फागुन २०७४

काठमाडौं –करिब सय बर्ष पूरानो सति प्रथाको ‘झोला’ चलचित्र निर्देशन गरेका यादवकुमार भट्टराईले तराइको दाइजो प्रथाको बिषयमा ‘भोर’ तयार पारेका छन् । जसको अहिले टिजर रिलिज गरिएको छ । टिजरमा दाइजो प्रथाका पीडाहरु नै समेटिएका छन् ।  राज तिमिल्सेना, रामगोपाल थापा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन् । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको ‘भोर’मा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायतको मुख्य भूमिका रहेको छ । 

धेरैजसो स्थानीय कलाकारको समेत अभिनय रहेको चलचित्र कृष्ण धारावसीको लेखनका हुन् । जसको पटकथा निर्देशक भट्टराईले नै तयार पारेका छन् ।  अहिलेको समयमा पनि दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रूण हत्या हुने, जति पढायो उतिनै बढी दाईजो दिनुपर्ने, दाइजोेका कारण अभिभावकले आत्महत्या गर्नुपर्ने बाध्यता लगायतका तराईका बिभिन्न विकृति चलचित्रले गहिरिएर देखाउन खोजेको छ ।  आगामी २१ बैशाखमा प्रदर्शनमा आउने यो चलचित्रबाट दर्शक निराश हुनु नपर्ने निर्देशक भट्टराइले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप